• ११ पुष २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मतदाता क्षेत्रको विकास गर्नु मतको सम्मान हो: मन्त्री खनाल




घोराही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं नेपाली काग्रेस लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनालले मतदाताकाे क्षेत्रकाे विकास गर्नु नै मतकाे सम्मान गरेकाे हुने बताउनु भएकाे छ ।

नेपाली कांग्रेस घाेराही १४ ले आयाेजना गरेकाे समुदायमा काग्रेस कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्य मन्त्री खनालले पार्टिले सुरू गरेकाे अभियान जनताका समस्या सुन्ने र सम्बन्धि ठाउँमा पुर्याइ कार्यावन दबाब दिने भएकाे बताउनु भयाे । आफूले मन्त्रीकाे हैसियतले १२ जिल्लाकाे नेतृत्व गर्ने भय पनि जनप्रतिनिधकाे रूपमा आफ्नाे क्षेत्र प्राथमिक्तामा पर्ने बताउनु भयाे ।

ढाेडेनिका स्थानियहरूले नेपाली शेना व्यारेक नजिककाे पुरानाे बाटाे आवत जावतका लागि खुला गरिदिन माग गरेका छन्। यस्तै ढाेडेनिकाे सडककालाेपत्रे, पूर्व पश्चिम जाेड्ने सडकमा पुल तथा स्तराेनन्ति, सेवारखाेलामा तटबन्ध लगायतका लागि पहल गर्न माग गरेका छन ।

वडा नम्बर १४ का एकाई सभापती टेकवहादुर बुढाथाेकीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा महासमिति सदस्य भुप वहादुर डाँगी, जिल्ला काेषाध्यक्ष दिपक सुवेदी लगायतले काग्रेसले सुरू गरेकाे समुदायमा काग्रेस अभियानकाेबारेमा जानकारि दिनु भएकाे थियाे ।

यस्तै वडा नम्बर ८ मा भएकाे समुदायमा काग्रेस तथा वडा सम्मेलन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश उपसभापति एवं प्रदेश स्वास्थ्य मन्त्री खनालले नागरिककाे समस्या समाधानका लागि काम गर्नु जनप्रतिनिधिकाे दायित्व भएकाले आफू ि्रयासरत रहेकाे बताउनु भयाे। कार्यक्रमका प्रमुख अतिथी काग्रेस केन्द्रीय सदस्य गाेविन्द वहादुर शाहले जनताकाे सहजताका लागि जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयाे ।

Facebook Comments