• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीकोे ९ औं वार्षिकोत्सव




दाङ । गुरुकुल एकेडेमी घोराहिले ९ औं वार्षिकोत्सब मनाएको छ । घोराही- १५ रतनपुरमा  रहेको बिद्यालयले ९औं बार्षिक उत्सव आज एक भब्य समारोहका बीच मनाएको हो । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालीका सामाजिक विकास महाशाखा अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बिद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै बिद्यालयको प्रशंसा गर्नुभयो । निजि बिद्यालयमा देशमै सफल मध्येको एक र दाङकै पहिलो नमुना बिद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराहिबासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालय आउदा दिनमा अझ नमुना बन्नुपर्ने बताउनुभयो । त्यसका लागि सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको उहाँको भनाई छ । बिद्यालयले प्रदान गर्दै आएको अतिरीक्त कृयाकलापले गर्दा बिद्याथिहरुले बिभिन्न नँया तथा प्रयोगात्मक शिक्षा हासिल गरेकोमा पौडेलले बिद्यालय प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक अरुण रौनियार ,गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना एप्पल मन्टेस्वरीकि प्रधानाध्यापक शर्मिला हमाल पुर्व विद्यार्थि नवीन डाँगी, अन्तराष्ट्रिय शिक्षक माइकल ,विद्यार्थि सान्भि डाँगी सुवोध पान्डे ,सर्वश्री केसी , प्रणव श्रेष्ठ विभुती बुढाथोकी रोशन पौडेल र आर्यन घर्ति संगै अभिभावक लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले  विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । विद्यालयले संस्कार र  संस्कृति सहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए । साथै विद्यालयको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालय प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए । कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न पौराणिक नृत्य तथा गित , नाटक,परेटलगायत विभिन्न  कला प्रस्तुत गरेका थिए ।

बिद्यालयले उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका पुर्व सहायक प्रधानाध्यापक तथा हाल गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी ,प्रावी शिक्षीका मियोना घर्ति , विज्ञान विषय संयोजक भुवन आचार्य , प्लस टु विज्ञान संयोजक अजय शाह , ब्यबस्थापन संयोजक डम्बर रावत , यसै गरी कर्मचारीहरु देविराम राउत , शान्ता बस्नेत , लक्ष्मण ढकाल अन्तराष्ट्रिय शिक्षक माइकल , सोधपुछ कक्षकी अस्मिता सुनार ,चालक अरुण चौधरी र भान्सा तर्फ झेमा खत्रि रहनुभएको छ । यसैगरी २०७९ को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिहरुलाई समेत सम्मान गरीएको थियो ।

बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकको सहजिकरण बिद्यालयका प्लस टु संयोजक निमानन्द गैरे तथा बिद्यार्थिहरु श्रीज्वल पोडेल र प्रशंसा शर्माले गरेका थिए  । साथै संचालक गैरेले गुरुकुल एकेडेमी लमही र तुलसिपुरका नव नियुक्त शिक्षक तथा घोराहीका शिक्षकहरुलाई अभिभावक माझ परीचय गराउनुभएको थियो ।

९ औं बार्षिक उत्सव कार्यक्रमको संयोजकमा नेपाली बिषयका विभागिय प्रमुख विबेक देवकोटा रहनुभएको थियो । बि.स २०७२ सालमा स्थापना भएको बिद्यालयले अन्य बिषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिँदै आएको छ । ९ औ बार्षिक उत्सव मनाइरहदा बिद्यालयले आगामि बर्षमा अन्य संकायका पढाईहरु पनि संचालन गर्ने तयारी गरेको छ भने आगामि शैक्षिक सत्र २०८१ बाट गुरुकुल एकेडेमीले लमहि र तुलसिपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।

Facebook Comments