निराजन सिर्पाली
रुकुम पूर्व / बिहिबार बिहानैदेखि परेको वर्षासँगैको हिमपातको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण अवरुद्ध राजमार्ग खुलेको हो ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ र ८ को रिनदह क्षेत्र र रुकुम पूर्व र बाग्लुङको सिमाना क्षेत्र पातिहाल्नमा परेको हिमपातको कारण यातायात अवरुद्ध भएको थियो ।
मध्यपहाडि सडक अवरुद्ध भएपछि रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै काठमाडौ जाने यातायातका साधनहरु बिहिबार देखि अवरुद्ध भएकोमा शुक्रबार साँझ ७ : ३० बजे देखी राजमार्ग पुनः सञ्चालनमा आएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभएको छ ।
जिल्ला सदरमुकामबाट काठमाडौंका लागि जाने गाडिहरु राजमार्ग अवरुद्ध हुँदा राप्ती राजमार्ग हुँदै छुटाईएको थियो भने जिल्लाका पश्चिमी क्षेत्रबाट काठमाडौका लागि छुट्ने गाडिहरु सल्लीबजार, कोहलपुर, बुटवल हुँदै गएकोमा अब अवरुद्ध मध्यपहाडि राजमार्ग खुलेपछि यातायात सञ्चालनमा आएकाे तर हिमपात बाक्लो परेकाले सतर्कता अपनाएर सवारीसाधन चलाउन प्रजिअ शर्माले सबैमा आग्रह गर्नुभएको छ ।
हाल रुकुमबाट रुकुम सिस्ने यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., बटालियन यातायात प्रा.लि., कमलदह यातायात प्रा.लि., घोडाघोडि यातायात लगायतले काठमाडौको लागि यात्रु सेवा दिईरहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।