• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई




रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर ६ महतमा रहेको श्री जनजागृति माध्यमिक विद्यालय महतले उपाधी हात पारेको छ ।

माघ १५ गते देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो।प्रथम उपाधी उचालेको जनजागृति मावि महतले १४ स्वर्ण ८ रजक र २ कास्य पदक जितेको छ ।जनजागिर्ति माविले प्रथम स्थान हासिल गर्दै शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

यस्तै पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको द्वितीय विजेता जन शक्ति माध्यमिक विद्यालय भूमे ४ काडाँ भएको छ ।६ स्वर्ण ४ रजक र ६ कास्य पदक गरी जन शक्ति माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेर शिल्ड र प्रमाणपत्र हात पारेको हो।
यस्तै शहिद शुक्र माध्यमिक विद्यालय सिमाले ४ स्वर्ण , ६ रजक र ७ कास्य पदक गरी तृतीय स्थान हासिल गर्दै शिल्ड र ‌प्रमाणपत्र हात पारेको भूमे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक तेक बादुर बुढा थोकिले बताउनु भयो ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका अधक्ष्य होम प्रकाश श्रेष्ठले खेलाडी राष्ट्रका गहना भएकाले खेलाडीलाई सम्मान, माया र अवसर दिनुपर्नेमा जोड दिनुभयो।उहाँले भन्नुभयो खेल हार र जित भन्दा पनि आफ्नो सीप प्रदर्शन गर्ने भएकाले हामिले राम्रो खेलाडी छनौट गरी जिल्लास्तरीय प्रतियोगितामा सहभागि बनाउने सम्पूर्ण खेलाडीलाई शुभकामना दिनुभएको छ ।

भूमे गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि भूमे गाउँपालिका अधक्ष्य होम प्रकाश श्रेष्ठ गाउँपालिका उपाध्यक्ष सविना बुढा , भूमे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देविलाल विक , वडा नम्बर ६ वडा अधक्ष्य विक्रम पुन लगायत विभिन्न विद्यालयको विद्यालय ब्यबस्थापन समिति अधक्ष्यहरु शिक्षाप्रेमी, बुद्दिजिबी लगायतको उपस्थिती रहेको थियो ‌।

भूमे गाउँपालिकाको आयोजना तथा जन जागिर्ति माध्यमिक विद्यालयको ब्यबस्थापनमा महतको बृहत रंगशाला खेलमैदानमा गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागितामा भूमे गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो।

Facebook Comments