• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनता मावि गढवाको विव्यसको निर्वाचनमा माओवादीसहितको प्यानल बिजयी




आलोक भावुक

गढवा । दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालय गढवाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।

शनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारहरु भारी मतान्तरले पराजित हुनुभएको छ।

माओवादी सहितका साझा उम्मेदवारहरु गणेश कुमाल (परेवा) ४ सय २९ मत, छुकनीया चौधरी (हवाईजहाज)४ सय ०२ मत, हिमा परियार (पंखा) ३ सय ९९ मत र टिका राम चौधरी (साईकल)३ सय ९८ मप प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो।

त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवार गोपाल प्रसाद पाण्डेय (घडी) १ सय ४४ मत, निता चौधरी (खरायो) १ सय ३७ मत, हरिराज चौधरी (कैची) १ सय ३५ मत र देवका नेपाली (फुटबल) १ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले घोषणा गरी जानकारी गराएको छ।

कुल ८ सय ७४ मतदाता रहेको सो निर्वाचनमा ५ सय ९२ मत खसेको थियो। भने १९ मत बदर भएको हो। बिहान ८ बजे बाट मतगणना सुरु भई ३ बजे सम्पन्न भएको थियो। करिव ४ बजेबाट मतगणनाको कार्य सुरु भई ७ बजे मतगणनाको अन्तिम मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको थियो ।

Facebook Comments