• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली ७ मा वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु




दाङ । बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा पहिलो पटक सुरु भएको वडास्तरीय पुरुष तथा महिला वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आज उद्घाट्न गरिएको छ ।

सरस्वती माध्यामीक विद्यालय जबरकोटमा सुरु भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यतामा भएको हो ।

त्यसअबसरमा गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले स्वास्थ्यका लागि खेलकुद  राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रमा अगाडी बढ्नका लागि बालबालिकाहरुलाई महत्वपुर्ण  भुमिका खेल्ने बताउनुभएको थियो ।

वडा नम्बर ७ का वडा सदस्य खड्क बहादुर महराको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण गोविन्द पुनले गर्नुभएको थियो । भलिबल प्रतियोगितामा महिला, पुरुष गरेर ८/८ समुहको सहभागिता रहने छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को आयोजनामा सुरु भएको प्रतियोगिताको समापन भोली गरिने जनाईएको छ॥

Facebook Comments