• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आधारभूत पत्रकारीता तालिम बंगलाचुलीमा सम्पन्न




घोराही ।नेपाल प्रेस युनियन दाङको आयोजनामा दुई दिने आधारभूत पत्रकारीता तालिम बंगलाचुलीमा सम्पन्न भएको छ । हिजो देखी सुरु भएको तालिमको आज समापन गरिएको हो ।

नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वति बस्नेतको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आथ्यितामा तालिमको समापन गरिएको हो ।

त्यसअबसरमा कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष जिसीले आधारभुत पत्रकारिता तालिम लिएका प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

उहाँले समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्नुभएको थियो । समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमाणर् गर्न सञ्चार माध्यमको ठूलो योगदान रहेको भन्दै आफनो पेशा प्रति जिम्मेवार भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष विष्णु कवर, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी, प्रशिक्षार्थी शिर्जना पुलामी, विक्रम कुमार डाँगी लगाएतले बोल्नुभएको थियो ।

तलिममा सहभागिहरुलाई प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, जिल्ला अध्यक्ष नारायण खड्का, उपाध्यक्ष किरण विक्रम शाह, पार्वति बस्नेत र सचिव अमर क्षितिज भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल प्रेस युनियन दाङका कोषाध्यक्ष लिलाधर ओलीको स्वागत मन्त्व्यबाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो । तलिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ॥

Facebook Comments