घोराही । घोराहीमा एक दिने व्यवसायिक बंगुरपालन कृषक तालिम सम्पन्न भएको छ । बंगुर व्यवसायी घोराही नगर समितीसँगको सहकार्यमा दाना विक्रेता न्यु होप नेपालले एक दिने व्यवसायिक बंगुरपालन कृषक तालिम सम्पन्न गरेको हो ।
बंगुर व्यवसायी घोराही नगर समितीका अध्यक्ष बिरबहादुर चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर तालिमको उद्घाटन गरिएको थियो ।
घोराही क्षेत्रमा व्यवसायिक रुपमा बंगुर पालन गर्दै आएका किसानहरुको सहभागिता रहेको तालिममा पशु विशेषज्ञ डा. विकेकबन्धु रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विश्व तथा नेपालमा बंगुरपालन व्यवसायको अवस्था, बंगुरको हेरचाह र व्यवस्थापन, व्यवसायिक बंगुरपालनका लागि न्यु होपको दाना व्यवस्थापन, जैविक सुरक्षालगाएतका विषयमा प्रशिक्षण दिईएको थियो । न्यु होप नेपालको दाङको आधिकारिक विक्रेता पशुपति ट्रेडर्सका सञ्चालक ईश्वर अर्यालले तालिम उद्घाटन कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।