• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कानून र प्रमाणको आधारमा फैसला गर्नु अदालतको धर्म :मुख्य न्यायाधीश पाण्डे




आलोक भावुक

गढवा । उच्च अदालत तुलसीपुर दाङको आयाेजना तथा गढवा गाउँपालिकाको समन्वयमा शुक्रबार गढवामा सरोकारवालाहरु सहितको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ।

अदालती काम काम कार्वाहीको बारेमा नागरिकलाई जानकारी दिलाई समाजसंग अदालतको निकटता बढाउने, अदालत बाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिई सर्वसाधारणको न्यायमा सहज पहुँच सुनिश्चित गर्नमा सहयोग पुर्याउन र न्यायपालिका र नागरिक बिचको दुरि कमगरी न्यायपालिका प्रतिको जनास्था र विश्वास अभिबृद्धि गर्ने उद्देश्यले ग्रामिण समुदायका व्यक्तिहरुसंग न्यायिक सम्बाद कार्यक्रम गरिएको उच्च अदालत तुल्सिपुर दाङका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले बताउनुभयो ।

न्यायिक सम्बाद कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सिपुरक मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले अदालतमा गएपछी न्याय पाइन्छ भन्ने जुन जनविश्वास रहेको छ त्यसलाई अझ बढी बलियो बनाउने उद्देश्यले गढवामा न्यायिक सम्बाद कार्यक्रमको आयोजना गरेको बताउनु भयो। अदालतबाट हुने काम कार्वाही कानुन र प्रमाण बमोजिम मात्र हुने बताउदै सम्पूर्ण लाई न्यायपालिकामा बिश्वास गर्न अनुरोध समेत गर्नु भयो। कानुन र प्रमाणको आधारमा फैसला गर्नु अदालतको धर्म भएको बताउदै कानुन र प्रमाणबिनाको फैसला धागो काटेको चंगा जस्तै हुने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कुन प्रकृतिको मुद्दा अदालत पठाउने कुन मुद्दा पालिकाको न्यायिक समितिले मिलाइने भन्ने बारेमा अधिकांसलाई जानकारी नभएकोले न्यायिक सम्बाद कार्यक्रमबाट त्यस्ता बिषयबस्तुमाथी थप जानकारी प्राप्त हुने बताउनु भयो। न्यायालय प्रति जनताको आस्था बिस्वास आजपनि कायम रहेको बताउदै केहीको न्यायालय माथीको अविश्वासको चिरफार गर्न आवश्यक रहेको बताउनुभयो। कानुन सबैको लागि समान भएको बताउदै न्यायालय माथी सबैको बिस्वास हुनुपर्ने बताउनुभयो। न्यायालय धनी गरिव सबैको लागि समान रहेको बताउनुभयो। न्यायालयमाथीको अबिश्वास व्यवस्था माथीको अबिश्वास सरह भएको भन्दै सबैलाई न्यायालय माथी बिस्वास गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले आर्थिक वर्ष २०८०/०८१ को गढवा गाउँपालिकाअओ न्यायिक समितिमा दर्ता भएका उजुरीहरुको बारेमा जानकारी गराउनु भएको थियो। पुनानो आल्या बाट आएको १५ उजुरी र यस आर्थिक वर्षमा मात्रै आएको उजुरी संख्या ४९ गरी कुल ६४ मध्ये ३० वटा उजुरी फरच्यौट भएको जानकारी दिनुभयो। भने ३४ वटा उजुरी सञ्चालनमा रहेको बताउनुभयो।

न्यायिक सम्बाद कार्यक्रममा छलफलका लागि सिमा हरु, न्यायालयको संविधान अनुसारको संरचना, अदालतमा रहने फांट तथा शाखाहरु र ईजलासहरु, अदालती कार्यविधि, मुद्दाको चक्र, जिल्ला अदालतको क्षेत्राधिकार, उच्च अदालतको क्षेत्राधिकार, उच्च अदालत तुल्सिपुरको सेवा प्रवाह लगायतका विषयमा छलफल तथा सहभागीहरुलाई बिस्तरामा जानकारी गराइएको थियो।
न्यायिक सम्बाद कार्यक्रममा सहभागीहरुको जिज्ञाशाहरुको उच्च अदालत तुल्सिपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले जानकारी गराउनु भएको थियो।

उच्च अदालत तुल्सिपुर दाङका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको अध्यक्षतामा भएको न्यायिक सम्बाद कार्यक्रम गढवामा रहेका सरोकारवालाहरुको सहभागिता रहेको थियो। न्यायिक सम्बाद कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र मेलमिलापकर्ता लगायतकाको सहभागिता रहेको थियो कार्यक्रमको सहजिकरण उच्च अदालत तुल्सिपुरका शाखा अधिकृत राजेन्द्र कुमार शर्माले गर्नु भएको थियो ।

Facebook Comments