आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीस्थित बालकल्याण आधारभूत विद्यालयले शुक्रबार वाज्ञान तथा कला प्रदर्शनी २०८० को आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले जानकारी दिनुभयो। विद्यालयले आफ्नै विद्यालय हातामा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान, कला तथा प्रविधिसंग जोडिएका ४२ भन्दा बढी स्टलमा विभिन्न प्रदर्शनीहरु अवलोकनका लागि राखिएको थियो।
प्रदर्शनीमा बालकल्याण आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत करिब ३ सय २८ विद्यार्थीले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको हो । प्रदर्शनीको गढवा गाउँपालिका अध्यक्ष, शिक्षा समितिका सदस्यहरु, वडाध्यक्ष, वडासदस्यहरु, शिक्ष बिद्, विद्यार्थीका अभिभावकलगायतले अवलोकन गर्नुभएको थियो ।
प्रदर्शनीमा चित्रकला, विद्युतीय सेन्सर डस्टविन, ज्वालामुखी बिस्फोटको अवस्था, खरायो, घर, मुर्ति, फुल सहितको गमला, झरना, चराचुरुङ्गी, डाईनिङ टेवल लगायतका सामाग्री अवलोकनका लागि राखिएको थियो ।
एकदिने प्रदर्शनीको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पोख्रेलले आजको विज्ञान तथा कला प्रविधिबाट दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि ज्ञान र शीप बारे विद्यालयले विद्यार्थीलाई अध्ययन अध्यापन गराउन आवश्यक रहेको बताउदै विज्ञान र कला क्षेत्रमा विद्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक शीपको विकास हुन यस्ता खालको विज्ञान तथा कला प्रदर्शनी आवश्यक रहेको बताउनुभयो। भौतिक संरचनाको विकासले मात्र परिवर्तन नहुँने भन्दै व्यवहारिक शिक्षाका लागि विज्ञान, कला तथा प्रविधिमैत्री वातावरण आवश्यक रहेको बताउदै शिक्षा वेरोजगार जन्माउने कारक बन्नु नहुँने भन्दै प्रविधिका लागि शिक्षणको विकल्प नहुने प्रष्ट पार्नु भयो। विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक सुदन केसीले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।