• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोटस ट्रेनिङ सेन्टर र खैरा एफसी क्वाटरफाइनलमा प्रवेश




भ्यूमान पुन मगर
घोराही । घोराहीमा जारी प्रथम विक्रम पुन स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा चौथो दिन लोटस ट्रेनिङ सेन्टर र खैरा एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ पहिलो खेलमा लोटस ट्रेनिङ सेन्टर र क्रुञ्ची फूटबल क्लब बिच भएको खेलमा १/१ गाेलकाे बराबरीमा खेल सकिएको थियो। त्यसैगरी दुबै टिम टाईब्रेकरमा पुगेका थिए।
त्यसैगरी टाईब्रेकरकाे खेलमा लोटुस ट्रेनिङ सेन्टरले क्रुञ्ची फूटबल क्लबलाई ४-३ले जित निकाल्दै लोटुस ट्रेनिङ सेन्टर क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे।

त्यसैगरी दाेस्राे खेलमा पहिलो हाफकाे ३०औं मिनेटमा खैरा एफसीका खेलाडी भिमसेन थापाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-०ले खैरा एफसीकाअग्रता लिएको थियो ।

त्यसैगरी दोस्रो हाफमा दुबै टिम देखि गाेल हुन नसक्ने पछि खैरा एफसीले १-०ले राप्ती क्लबलाई पराजित गरेको थियो।

पहिलाे खेलामा लोटुस ट्रेनिङ सेन्टर का खेलाडी दिवान पुन म्यान अफ द म्याच घोषित भएका छन भने दोस्रो खेलमा खैरा एफसीका भिमसेन थापा म्यान अफ द म्याच घोषित भएका थिए। प्रतियोगिता अन्तर्गत माघ २०गते शुक्रबारको पाँचौं प्रिक्वाटरफाइनल खेल पहिलो बडहरा फुटबल क्लब र ढोडेनी फूटबल क्लब यसैगरी दोस्रो खेल घोराही एफ .ए र मेगा स्पोर्ट्स बीच हुने खेल संयोजक सरद भण्डारी ले जानकारी दिए ।

घोराही १८ नवलपुर खेल मैदानमा बि.एफ.एल. फुटबल क्लबकाे आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष विवेक बुढाले जानकारी दिए ।

Facebook Comments