• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वर्षातकाे कारण भूमेमा जारी पाँचौ राष्ट्रपति रनिङ शिल्ड  प्रभावित




रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिकामा जारी रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षातकाे कारण प्रभावित भएकाे छ । गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गते साेमबारदेखि  सञ्चालन भएको हाे।

बृहत रंगसाला  महतमा निरन्तर रुपमा चल्दै आएको सो प्रतियोगिता बुधबार  रातिदेखि लगातारको हिमपातले गर्दा  प्रभावित हुन पुगेको छ।

व्यवस्थापक संयोजक चन्द्र रसाइलीकाे अनुसार  गए रातिदेखि  मौसम प्रभावित हुँदा  खेलाडीहरुकाे स्वास्थ्यमा असर हुने भएको हुँदा शिल्ड आज बिहीबार राेकिएकाे हाे । १८ गतेसम्म सञ्चालन हुने शिल्ड माैसमको कारणले लम्बिने देखिएको छ ।

प्रतियोगिताहरु सकिएको तर भलिवल छात्र / छात्रा को क्वाटर फाइनल , ज्याभलिङ थ्रो, तृपल जम्प , २०० मिटर दौड, ८०० मिटर दौड , १०० × ४ काे रिले दौड बाँकी रहेको छ । माैसम सुधार भए भाेलिदेखि सन्चालन हुनेछ, भने मौसम  थप प्रभावित भए आयाेजकले निर्णय गर्ने जानकारी दिएकाे छ।

Facebook Comments