• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम पुनस्मृति कप : युएनबीसी र बि.एफ.एल रेड क्वाटरफाइनलमा




भ्यूमान पुन मगर

घोराही ।  घोराहीमा जारी प्रथम विक्रम पुन स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा तेस्राे दिन युएनबीसी र बि.एफ.एल रेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ पहिलो खेलमा यूएनबीसीले गाेदावारीलाई २–०ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

घोराही १८ नवलपुर खेल मैदानमा भएको खेलमा यूएनबीसीका खेलाडी विक्रम बिकेले २ गोल गर्दै जित हासिल गरेका थिए।

त्यसैगरी दाेस्राे खेलमा पहिलो हाफकाे ३१औं मिनेटमा ज्ञानज्योति तुलसीपुरका खेलाडी डिक्सन केसी गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-०ले ज्ञानज्योति तुल्सीपुर अग्रता लिएको थियो ।

त्यसैगरी दोस्रो हाफमा ज्ञानज्योति तुलसीको का खेलाडि बि.एफ.एल रेडका सन्तोष बिके ले गाेल गरेका थिए ।५०औ मिनेटमा खेलाडी सन्दीप चौधरीले १गाेल गरेका थिए भने ९०औ मिनेटमा बि.एफ.एल. रेडका खेलाडी प्रदीप सुनार १गाेल गर्दै बि.एफ.एल. रेडलाई टाईब्रेकरमा पुराएका थिए।

टाईब्रेकरको खेलमा बि.एफ.एल रेडले ज्ञानज्योति तुल्सीपुरलाई ६-५ ले जित निकालेको थियो।

पहिलाे खेलामा युएनबिसीका खेलाडी बिक्रम बिके म्यान अफ द म्याच घोषित भएका छन भने दोस्रो खेलमा बि.एफ.एल रेड का कप्तान भिम पुन म्यान अफ द म्याच घोषित भएका थिए। प्रतियोगिता अन्तर्गत माघ १९ गते शुक्रबारको चौंथो प्रिक्वाटरफाइनल खेल पहिलो लोटुस ट्रेनिङ सेन्टर र क्रुञ्ची फूटबल क्लब यसैगरी दोस्रो खेल खैरा फुटबल क्लब र राप्ती स्पोर्ट्स बीच हुने खेल संयोजक सरद भण्डारीले जानकारी दिए ।

घोराही १८ नवलपुर खेल मैदानमा बि.एफ.एल. फुटबल क्लबकाे आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष विवेक बुढाले जानकारी दिए ।

Facebook Comments