• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी प्रथम पुनस्मृति प्रतियोगितामा वडा ६ र एफए विजयी




भ्यूमान पुन मगर
घोराही । दाङको घोराहीमा जारी प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको आज दोस्रो दिन घोराही उपमहानगरपालिका वडा नम्बर ६ र घोराही फुटबल एसोसिएसन (एफ.ए) विजयी भएका छन् ।

बि.एफ.एल.फुटबल क्लब घोराही दाङको आयोजनामा हिजोदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वड नम्बर ६ ले आयोजक बि लाई टाईब्रेकरमा ४–३ गोलले जीत निकालेको हो । खेलको आयोजक बि का खेलाडी विश्वास श्रेष्ठ र कृष्ण घर्तीले एक/एक गोल गरे भने वडा नम्बर ६ का खेलाडी राम ढकाल र प्रिन्स घर्तीले एक/ एक गोल गरेर खेललाई टाईब्रेकरमा पु¥याएका थिए ।

यस्तै, प्रतियोगिताको दोस्रो खेलमा घोराही फुटबल एसोसिएसनले राईजिङ स्टार युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको छ । घोराही फुटबल एसोसिएसनका लागि सागर नेपालीले २ र कमल बि.कले एक गोल गर्नुभयो । राईजिङ स्टार युथ क्लबका लागि सुरज थारुले एक गोल गर्नुभयो ।

घोराही १८ नवलपुर खेल मैदानमा सञ्चालन भएको प्रतियोगीतको भोली बिहीबार पहिलो खेल आयोजक ए र ज्ञानज्वती र दोस्रो खेल गादावरी फुटवल क्लब र युएनबिसी विच हुने आयोजक संस्थाका सचिव शरद भण्डारीले बताउनुभयो ।

पुस १६ गतेबाट शुरु भएको फुटबल प्रतियोगीत पुस २७ गतेसम्म चल्नेछ । नकआउटका आधारमा खेलाईएको खेलमा १९ वटा समुहले भाग लिएका छन् ।

Facebook Comments