• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्यूठानमा बेवारिसे अवस्थामा नवजात शिशु फेला




केशर सुनार
प्यूठान । प्युठानको प्युठान नगरपालिका-४ जुम्रीमा नवजात बच्चा  फेला परेको छ । बुधबार बिहान ६:४० बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेर छोडेको अवस्थामा बच्चाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी  हुमानन्द खनालले बताएका छन् । शिशु बालिका रहेको उनले बताए।

उनले भने ‘बुधबार बिहान भेटिएको जीवितै भेटिएको  बच्चा जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको लागि राखिएको छ।’ बच्चा कसले जन्माएर राखेको हो भन्ने नखुलेपछी घटनाको थप अनुसन्धान भैरहेको सूचना अधिकारी खनालले जनाएका छन् ।

बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो ।

Facebook Comments