दाङ । सहिद दिवसको अबसर पारेर आजदेखि दाङ सहित देशभर शुरु भएको नेपाली कांग्रेसको समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत दाङको बङगलाचुली गाउँपालिकाको कमिरेचौरमा एक कार्यक्रमका बीच अभियानको उद्घाटन गरिएको छ ।
बङगलाचुलि गाउँपालिका वार्ड नम्बर ३ र ४ को संयुक्त आयोजनामा गरिएको कार्यक्रमको वडा नम्बर ४ का वडा सभापति शिबराज परियारको सभापतित्वमा तथा नेपाली कांग्रेस केन्द्रिय महासमिति सदस्य भोजराज पाण्डेको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो ।
सोही अबसरमा सहिद घन बहादुर घर्ती र रविलाल पन्तको सालिकमा माल्यार्पण गर्नुका साथै सहिद परिवारलाइ दोसल्ला ओढाइ सम्मान गरियको वडा नम्बर ३ का सचिव धनबहादुर पुनले बताए ।
प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले पार्टी र मुलुकप्रतिकाे नागरिककाे दृष्टिकाेण बुझ्न समुदायमा काङ्ग्रेस अभियान सुरू गरिएको बताए । अभियानकाे उद्देश्य नागरिकलाई काङ्ग्रेससँग जाेड्ने पनि भएकाे भन्दै पाण्डेले आम नागरिकलाई काङ्ग्रेससँग जाेड्ने अभियानमा एक ढिक्का भएर लाग्न आग्रह गरे ।
क्षेत्रीय प्रतिनिधि मधुसूदन अधिकारीले काङ्ग्रेसलाई प्रत्येक घरमा लग्नु पर्ने भएको हुँदा टोल टोलमा काङ्ग्रेस जानू भन्दै जनगुनासो सुन्दै त्यसको समाधान गर्न सबै लाग्नु पर्ने बताए ।
प्रदेश प्रतिनिधि नारायण भण्डारीले मुलुक परिवर्तनकाे नेतृत्व काङ्ग्रेसले गरेकाे भए पनि अहिले आम नागरिक काङ्ग्रेसप्रति ढुक्क हुन नसकेकाे चर्चा गर्दै दाङ २ क का कोषाध्यक्ष समेत रहनु भएका भण्डारीले यसका लागि नागरिकका अपेक्षा पूरा गर्नुपर्ने र त्यसका लागि काङ्ग्रेस एक ढिक्का हुन जरूरी रहेकाे बताए ।
नेपाली काङ्ग्रेसका विभिन्न भातृ सङगठनका प्रतिनिधी तथा पार्टिका सुभेच्छुक तथा कार्यकर्ताहरुको सहभागितामा भएको थियो कार्यक्रम।
नेपाली काँग्रेस बंगलाचुली वडा नम्बर ४ का उभसभापति विक्रम डाँगिको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा सहजीकरण नेपाली काँग्रेस वडा नम्बर ३ का सचिव धनबहादुर पुनले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

