• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा – ८ चारगाउँमा सडक नपुग्दा सुन्तलाले बजार पाएन




विमल बिक
रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका -८ नम्बर वडाको चारगाउँमा फलेका सुन्तलाले बजार नपाउदा किसान चिन्तित बनेका छन् ।

वडाको चारगाउँको गराली र गुङ्गमा अत्याधिक मात्रामा सुन्तला फलेको छ तर सुन्तला बारीमै झरेर कुहिने डर छ । सडक सञ्जालमा  नजोडिएको कारणले  सुन्तलाले बजार पाउन सकेका छैन् ।

सदरमुकाम रुकुमकोटदेखि भौगोलिक दुरीले टाढारहेको चारगाउँमा सडक अझै पुगेको छैन् । सडक नपुग्दा त्यहाँको हिउदे नगदे बाली सुन्तला र बर्खे नगदे बाली स्याउ बोतमै झरेर कुहिने गर्छन । रुकुम पुर्बको यो एक मात्र ठाँउ हो जहाँ माघ , फाल्गुन लागी सक्दा  सम्म पनि सुन्तला बोटमै छ्न् । तर यहाँका किसान भने सुन्तला नबिक्दा चिन्तित छन् । आफुले गरेको खेती एतिकै कुहिने होकि भने दर भएको पुथा ८ गरालिका कृषक प्रेम मल्लले बताउनु भएको छ मल्ल भन्नुहुन्छ । सुन्तला उत्पादन गरेर मात्र के गर्नु सुन्तलाले बजार पाउदैन सदरमुकामसम्म लैजान सडक बाटो छैन घोडा खच्चडबाट लगौ भने आफुहरुलाइ खच्चड धुवानी गरेको ठिक्क हुने कृषक मल्लले गुनासो गर्नुभयो।

अर्का एक कृषक अर्जुन बुढाको पनि गुनासो उस्तै रहेको बताउनुभयो । बिगत ६/७ बर्षदेखि सुन्तला खेती गर्दै आएको भएतापनि उत्पादित फलफूलले बजार नपाएको दु:खेसो पोख्नुभयो । `हामी उत्पादन जति पनि गर्न सक्छौं  ´उनले भने `सरकारले ब्यबस्थापनको लागि पहल नगर्दा यहाँ फाल्गुन पहिलो सातासम्म पनि सुन्तला बोटमै रहन्छन् । स्थानीय सरकारले चिस्यान केन्द्रको ब्यबस्थापन गरिदिए बेमौसममा पनि अर्गानिक सुन्तला पाउन सकिने थियो ।´

पुथा उत्तर गङगा गाउपालिकाको ७ नम्बर वडाको पनि पीडा उस्तै छ । बारीमा फलाएको  तरकारी फलफूलले बजार नपाउदा किसान मारमा पर्ने गरेको पुथा ७ का स्थानीय पन्च बहादुर केसीले बताउनुभयो ।  तीनै तहको सरकार मिलेर सडक बाटो बनाइदिए यहाँको उत्पादन सदरमुकामसम्म लगेर बिक्री गर्न सकिन्थ्यो कि भन्ने दु:खेसो पोख्नुभयो । पुथा उत्तरगँगा गाउँपालिका र प्रदेश सरकारले पुथा ८ लाईपछि पारेको कृषकको भनाइ छ ।

Facebook Comments