• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
इमान्दार वामपन्थी शक्तिहरु एकजुट हुन आवश्यक छ: मास्की




तुलसीपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की राजेशले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
दाङ बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक समृद्धिको मार्ग मा अगाडि बढ्ने बताएका हुन् । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। उनले ढिलो चाँडो इमान्दार वामपन्थी शक्तिहरू एकजुट हुने समेत बताएका छन्।

मुलुकमा ६५ प्रतिशत कम्युनिष्ट रहेको भन्दै समाजवाद पग्न ती शक्तिहरूबीच एकता आवश्यक रहेको बताए ।

बबईमा माओवादी केन्द्रका बबई गाउँपालिका अध्यक्ष एकलाल घर्तीको अध्यक्षतामा समाजवादी मोर्चा घोषणा गरिएको छ।

शनिबार ९ सदस्य समाजवादी मोर्चा घोषणा गरिएको हो। त्यस अवसरमा समाजवादी मोर्चाका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए।

Facebook Comments