• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैठौं घोराही मेयर कपको उपाधि १७ नम्बर वडालाई




दाङ । घोराहीमा जारी छैठौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता–२०८०को उपाधि १७ नम्बर वडाले हात पारेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताको आज भएको फाइनल खेलमा वडा नम्बर १७ ले वडा नम्बर १० लाई २–१ गोलको अन्तरले विजयी हुँदै वडा नम्बर १७ ले छैठौं संस्करणको मेयर कप उपाधि चुम्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा वडा नम्बर १७ ले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो खेलको ३१औं मिनेट युवराज रानाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा वडा नम्बर १० का खेलाडी दिपेस पुनले १ गोल गर्दै खेलमा फर्काउन सफल भएको थियो तर थप गरेको ४ मिनेट समालिन नसग्दा ९२ औं मिनेटमा सुजल बस्नेतको उकृष्ट गोलको मद्धतले वडा नम्बर १७ मेयर कपको विजेत हुन सफल भएको हो ।

त्यसैगरि मेयर कपमा सर्वउत्कृष्ट खेलाडी वडा नम्बर १७ का विक्रम विक जो टिमको क्याप्टेन समेत हुन, उत्कृष्ट डिफेण्डर १७ कैं सुजल बस्नते, उत्कृष्ट गोल किप्पर १७ कैं दिवान पुन, उत्कृष्ट मिडफिल्ड वडा नम्बर १० का दिपेश पुन घोषणा भएका थिय भन्ने प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता वडा नम्बर ७ का नविन चौधरी भएका छन् ।

साथै उत्कृष्ट प्रशिक्षक वडा नम्बर १७ का जोशेव रोका मगर, उत्कृष्ट व्यावस्थापक १७ का बलबहादुर घर्ति, उत्कृष्ट स्वास्थकर्मी १७ का भिम बहादुर चौधरी र वसहभागिता जनाएको १९ वाट वडाका टिम मध्य वडा नम्बर ३ अनुसासन टिम घोषणा भएको घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको प्रतियोगितामा रेफ्रिको भुमिका कमल बहादुर पुन, सरोज भण्डारी , कुसुम श्रेष्ठ , गोपाल कंवर, प्राप्त चौधरी , जापेत अक्तर, सुरज चौधरी, कुसुम श्रेष्ठ र अन्जना पुन रहेका थिए ।

Facebook Comments