• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैठौं घोराही मेयर कपः फाइनल खेल आज




दाङ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता–२०८०को उपाधिका लागि वडा नम्बर १० र १७ आज भिड्ने भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा पुष २० गते बाट जारी प्रतियोगिताको आज सनिवार दिउस १ बजे  फाइनल खेल हुदै छ ।

वडा नम्बर १७ ले साबिक बिजेता वडा नम्बर १३ लाई टाईब्रेकरमा ३–२ गोलको बिजय निकाल्दै फाइनल प्रवेश गरेको थियो भन्ने वडा नम्बर १०ले  ३ लाई  १–० को गोलको अन्तरले विजय हुदै फाइनलमा वडा नम्बर १७ संग भेट गरेको थियो ।

छैठौ संस्करणको मेयर कपमा नयाँ वडा बिजेता पाउने भएको छ । पाँचौ  संस्करणको मेयर कप सकिदा सम्म वडा नम्बर १० र १७ले मेयर कप चुम्न सफल भएको छैनन् । लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका थिए।

मेयर कपको फाइनल खेल भन्दा अगाडी ११ बजे नेपाल पत्रकार महासंघ दाङ र घोराही उप–महानगरपालिका जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपूर्ण प्रतियोगिता हुने समेत घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । संयोजक पुनले खेलबाट सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा रहेको र  खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको समेत बताए  ।

Facebook Comments