• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा खेलकुद सप्ताह सुरु




घोराही । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा खेलकुद सप्ताह-२०८० सुरु भएको छ । अम्बिकेश्वरी क्याम्पस स्ववियुको आयोजना तथा क्याम्पसको व्यवस्थापनमा सो सप्ताह शुक्रबारदेखि सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नायक नवल खड्काले कार्यक्रमको उद्घाटन गर्दै देशको सीमाको नियमन र सीमा क्षेत्रमा काँडेतार लगाएर माटो र मान्छेको जोगाउनु पर्छभन्ने  सन्देश, भाव र देशभक्तिपूर्ण  भावना बोकेको चलचित्र `काँडेतार´ फागुन २५ गते देशभर आउने  बताए  । उनले  सिनेमा क्षेत्रमा ६० वर्ष इतिहासमा अहिलेसम्म `काँडेतार´ जस्तो फिल्महरु नबनेको उद्घोष गरे ।

`काँडेतार जस्तो फिल्म बनाउन सहज छैन्´अभिनेता खड्काले भने `यो राज्यले सेन्सर लगाउछ ।यो फिल्मलाई पनि सेन्सर लगाएको थियो । चार महिनासम्म रोकियो । यो भन्दा पहिले पनि जनचेतना फिल्ममा राज्यले पाँच पटकसम्म सेन्सर लगाएर रोकिएको थियो ।´

देशभक्तिपूर्ण चलचित्र काँडेतार फिल्मलाई चल्न नदिन अहिले पनि चौतर्फी घेराबन्दी, विभिन्न खालका षड्यन्त्रहरु भइरहेको भन्दै उनले  यो बाबजुद पनि काँडेतार फिल्मलाई सबैले हेरेर साथ दिनेमा आफू विश्वस्त  रहेको बताए ।

सबै खेलकुद, चलचित्र र साँस्कृतिक माध्यमबाट नै देशलाई चिनाउन सहज हुने भएको हुँदा यस्ता अभियानमा निरन्तर लाग्नुपर्नेमा अभिनेता खड्काको  भनाइ थियो ।

कार्यक्रम शुभकामना मन्तव्य राख्दै क्याम्पस प्रमुख  चन्द्रप्रकाश खनालले बिगतदेखि नै क्याम्पसमा विविध खेलकुद कार्यक्रमहरु गर्दै आइरहेको बताए  । उनले यो वर्ष  स्ववियु आयोजना र क्याम्पसको व्यवस्थापनमा भएको साताव्यापी खेलकुद प्रतियोगितामा सम्पूर्ण विद्यार्थीहरु  सहभागी हुनुपर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख खनालले खेलकुद सप्ताहको अवधिभर विद्यार्थीहरु अनुशासीत भएर प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धा गर्न आग्रह समेत गरेका थिए ।

साताव्यापी खेलकुद अन्तर्गत भलिबल, फुटबल, क्रिकेट, फुटसल, ब्याटमिन्टन, टेबल टेनिस, १ सय मिटरको रिले डौड, रस्साकस्सी, कुर्सी डौड र वुद्दिचाल प्रतियोगिताहरु हुने भएका छन् ।

माघ १२ गतेदेखि शुरुभएको खेलकुद सप्ताह १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापति रनबहादुर खड्काको अध्यक्षता एवं चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नायक नवल खड्का प्रमुख अतिथि तथा क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा डा. लोजराज पराजुली, सहायक क्याम्पस प्रमुख राजसिंह जोरा, क्याम्पसका डाइरेक्टर वसन्तप्रसाद रिजाल,  भिएक स्कुल एण्ड कलेजका प्रीन्सीपल द्रोण खड्का लगायतको उपस्थिति  रहेको थियो ।

स्ववियुका  उपाध्यक्ष विकास लम्सालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण स्ववियुका कोषाध्यक्ष राजन घर्तीले गरेका थिए ।

Facebook Comments