• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथामा सञ्चालित पाचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी  देउराली माविलाई




रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पाचौँ राष्ट्रपति रनिङ शिल्डको शिल्ड देउराली मावि हुकामले प्राप्त गरेको छ । माघ ६ गते उद्घाटन भएको रनिङ शिल्डको विभिन्न विद्यामा १२ स्वर्ण पदक हासिल गर्दै देउराली मा वि हुकामले शिल्ड हासिल गरेको हो । ८ वटा मावि सहभागी भएको रनिङ शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धी विद्यालय मध्य देउराली मा वि हुकामले स्वर्ण पदक, ५ रजत पदक र ३ कास्य पदक हासिल गरेको थियो, त्यस्तै पुथा हिमालय मा वि मैकोटले ७ स्वर्ण पदक ११ रजत पदक र ४ कास्य पदक प्राप्त गर्दा महेन्द्र मा वि तकसेराले ६ स्वर्ण पदक, ४ रजत पदक र ७ कास्य पदक हात परेको थियो । पर्वत मा वि कोलले २ स्वर्ण, २ रजत र ३ कास्य पदक हासिल गरेको थियो । यस्तै जनसहयोग मा वि रिबाङचौरले १ / १ स्वर्ण र रजत र ४ कास्य हासिल गरेको छ । जनसहयोग मा वि जाङले २ रजत मात्र प्राप्त गरेको छ भने सिद्धमण्डिली मा वि राङ्सीले १ रजत ५ कास्य पदक हात पार्दा आदर्श मा वि खारबाङले १ रजत र २ कास्य प्राप्त गरेको छ ।

पुथा उत्तरगंगा गाउँपलिकाको आयोजना र महेन्द्र मा वि तकसेराको समवन्यमा सञ्चालित पाँचौ अन्तर विद्यालय पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको समापन कार्यक्रममा प्रमुख अतिथि पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत समीर गिरीको रहेको थियो भने विभिन्न राजनीतिक दल प्रतिनिधि, संस्था प्रतिनिधिहरुको अतिथि रहेको कार्यक्रमको सञ्चालन महेन्द्र मा वि तकसेराको शिक्षक नवराज वि क ले गरेका थिए भने कार्यक्रमको समापन महेन्द्र मा वि तकसेराका वि व्य स अध्यक्ष मैत्या घर्तिले गरेका थिए ।

Facebook Comments