• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैठौं घोराही मेयर कप: उपाधिका लागि वडा नम्बर १० र १७ भिड्ने 




दाङ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता-२०८०को उपाधिका लागि वडा नम्बर १० र १७  भिड्ने भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १७ ले साबिक बिजेता वडा नम्बर १३ लाई टाईब्रेकरमा हराउदै फाइनलमा प्रवेश गरेको छ ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा  निर्धारित ९० मिनेटमा गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाईबे्रकरबाट निकालिएको हो ।

टाइब्रेकरमा वडा नम्बर १७ का गोल किप्पर दिवान पुन नायक बने पछि वडा नम्बर १३ माथि ३-२ गोलको बिजय निकाल्दै फाइनल प्रवेश गरेको हो ।

वडा नम्बर १३ का खेलाडी आरन रोका र भिम पुनले गोल गर्न सफल भएका थिय भने  रेवन बुढा र इनाम घर्तिको  प्रहार किपरले बचाउ गरेका थिय र  उज्वल चौधरीले पोस्ट बाहिर हानेका थिय ।

वडा नम्बर १७ का खेलाडी तिलक घर्ती र अभिषेक बिकले सुरुवात लगातार  दुई प्रहार नै पोस्ट बाहिर  हानेको थियो भने  सुजल  बस्नेत , हेमन्त बिक र बिक्रम बिकले गोल गरेका हुन ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १० र ३ बिच भएको खेलमा  १-० को गोलको अन्तरले विजय हुदै वडा नम्बर  १० फाइनलमा वडा नम्बर १७ संग भेट  गरेको हो ।

एकदम मै प्रतिस्पर्धात्मक निर्धारित खेलको अन्तिम समय वडा नम्बर १० ले उपहार गोल स्वरुप गोल पाएको थियो ।  खेल सकिन १ मिनेट बाकी रहदा १० नम्बरका क्याप्टेन जर्सी नम्बर ८ का खेलाडी दिपेश पुनले हानेको बल लाई ३का खेलाडीले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो ।

छैठौ संस्करणको मेयर कपमा नयाँ वडा बिजेता पाउने भएको छ । पाँचौ  संस्करणको मेयर कप सकिदा सम्म वडा नम्बर १० र १७ले जित्न सकेका थिएन ।

पुस २०  गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेल माघ १३ गते हुने घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Facebook Comments