दाङ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता-२०८०को उपाधिका लागि वडा नम्बर १० र १७ भिड्ने भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १७ ले साबिक बिजेता वडा नम्बर १३ लाई टाईब्रेकरमा हराउदै फाइनलमा प्रवेश गरेको छ ।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाईबे्रकरबाट निकालिएको हो ।
टाइब्रेकरमा वडा नम्बर १७ का गोल किप्पर दिवान पुन नायक बने पछि वडा नम्बर १३ माथि ३-२ गोलको बिजय निकाल्दै फाइनल प्रवेश गरेको हो ।
वडा नम्बर १३ का खेलाडी आरन रोका र भिम पुनले गोल गर्न सफल भएका थिय भने रेवन बुढा र इनाम घर्तिको प्रहार किपरले बचाउ गरेका थिय र उज्वल चौधरीले पोस्ट बाहिर हानेका थिय ।
वडा नम्बर १७ का खेलाडी तिलक घर्ती र अभिषेक बिकले सुरुवात लगातार दुई प्रहार नै पोस्ट बाहिर हानेको थियो भने सुजल बस्नेत , हेमन्त बिक र बिक्रम बिकले गोल गरेका हुन ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १० र ३ बिच भएको खेलमा १-० को गोलको अन्तरले विजय हुदै वडा नम्बर १० फाइनलमा वडा नम्बर १७ संग भेट गरेको हो ।
एकदम मै प्रतिस्पर्धात्मक निर्धारित खेलको अन्तिम समय वडा नम्बर १० ले उपहार गोल स्वरुप गोल पाएको थियो । खेल सकिन १ मिनेट बाकी रहदा १० नम्बरका क्याप्टेन जर्सी नम्बर ८ का खेलाडी दिपेश पुनले हानेको बल लाई ३का खेलाडीले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो ।
छैठौ संस्करणको मेयर कपमा नयाँ वडा बिजेता पाउने भएको छ । पाँचौ संस्करणको मेयर कप सकिदा सम्म वडा नम्बर १० र १७ले जित्न सकेका थिएन ।
पुस २० गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेल माघ १३ गते हुने घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।