• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा इन्डो–नेपाल क्रिकेट प्रतियोगिता शनिबारदेखि




भैरहवा (रुपन्देही) । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।

यही माघ १३ गतेदेखि हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागिता रहने आयोजकले बताएका छन् ।

स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउने उद्देश्यले ‘पडरिया लुम्बिनी प्रिमियर लिग’ को नामले प्रतियोगिता हुँदै आएको छ । अहिले हुने प्रतियोगिता छैटौँ संस्करण हो ।

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिनुभयो । नेपालबाट सिरहा, नेपालगञ्जलगायत स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने उहाँले बताउनुभयो ।

टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगितामध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको हुसेनले बताउनुभयो । पहिलो पुरस्कार रू दुई लाख र दोस्रो पुरस्कार रू एक लाख तोकिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, अनुशासित टोलीलगायत सेमी फाइनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको हुसेनको भनाइ थियो । उहाँका अनुसार करिब रू २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्सँगै लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग सङ्कलन गरिएको छ ।

Facebook Comments