दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानकाे काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेकाे र स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेकाे थियोे।
मतदानकाे समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँ पालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँ पालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मत गणनाकाे काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

