• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छत्रेश्वरीमा एकै दिन दुई हजार बढी पशुचौपायाको उपचार




सल्यान । सल्यानमा किसानहरुले आफ्नै गाउँठाउँमा पशुचौपायाको निःशुल्क उपचार पाएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा बुधबार मात्रै दुई हजार १३२ पशुपन्छीको परिक्षण तथा उपचार गरिएको छ । वडा कार्यालयको व्यवस्थापन तथा गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा निशुल्क पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर सञ्चालन गरिएको थियो । शिविरबाट १०१ किसानले आफ्नै गाउँठाउँमा सेवा प्राप्त गरेका हुन् ।

शिविरमा ९३५ भेडाबाख्रा, १७१ गाइगोरु र ९३० कुखुराको उपचार तथा औषधि वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखा प्रमुख पशु सेवा प्राविधिक राम बहादुर केसीले जानकारी दिए । यस्तै ७७ भैसी, ७ सुंगुर, बंगुरको परिक्षण र उपचार गरिएको तथा १२ कुकुरलाई रेविज विरुद्धको खोप दिइएको उनले जनाए ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पशुपालन व्यवशायलाई प्रवद्र्धन गर्नका लागि यस्ता शिविर तथा कार्यक्रमले सहयोग पुर्याउने बताइन् । यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहालले पशुपालनलाई व्यवस्थीत गर्दै लगेमा यसले किसानहरुको आर्थिक अवस्थालाई मजबुत बनाउदै लैजाने बताए ।

शिविरमा बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको थियो । शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको नायव पशु सेवा प्राविधिक चेता वलीले जानकारी दिइन् ।

यसपछि छत्रेश्वरी गाउापालिकाको वडा नम्बर ७ मा यहि माघ १२ गते, वडा नम्बर ४ मा १४ गते शिविर सञ्चालनको तयारी भएको र अन्य वडामा मिति पछि तय गरिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments