• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र ‘काँडेतार’को माघ १३ गते च्यारेटी शो हुने




घोराही । चलचित्र काँडेतारको घोराहीमा विशेष च्यारेटी शो हुने भएको छ । सामाना फिल्मस् प्रा।लिको आयोजनामा यहि माघको १३ गते घोराहीमा रहेको श्री गणेश चित्रालयमा विशेष च्यारेटी सो हुने भएको हो ।

बुधवार घोराहीमा प्रत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता, निर्देशक तथा नायक नवल खड्काले खुल्ला सीमाका कारण झडपमा परि मृत्यु भएका तथा घाइतेहरुको सहयोगार्थ च्यारिटी शो गर्न लागिएको जानकारी दिएका हुन । उनले देशको सिमा सुरक्षा रक्षाका लागि खटिने विरयोद्धको कथामा आधारित चलचित्रले इतिहासको विरता, वर्तमानको समस्यासँगै समाधानका उपायहरुका बारेमा सन्देश दिने पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

आगामी फागुन २७ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्र हालसम्म देशका विभिन्न ७० भन्दा बढी स्थानमा विशेष च्यारिटी शो गरिएको जानकारी दिए । त्यसक्रममा केही ठाउँमा फिल्मलाई प्रदर्शन गर्न नदिइएको भन्दै दुःख समेत व्यक्त गरेका थिए । ‘देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको छ ।

चलचित्रको यो कथालाई सम्पूर्ण देशभक्ति जनतालाई देखाउनुपर्छ भनेर लागेका छौ’,पत्रकार सम्मेलनमा खड्काले भने,‘त्यही क्रममा केही ठाउँमा पहिले फिक्स भइसकेको च्यारेटी सो चलाउन सक्दैनौ भने, यो दुःखद् पक्ष हो ।’ खासगरी चलचित्रले खुल्ला सीमानाका कारण निम्त्याइएको समस्यालाई उठाएको बताए ।

चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

Facebook Comments