• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित




भैरहवा (रुपन्देही)  । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज यहाँ भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो ।

बाक्लो हुस्सुका कारण भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा निर्धारित समयमा खेल हुन सकेन् । ढिला गरी खेल आरम्भ भएपछि ५० ओभरको खेल २६ ओभरमा झारिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । एक सय ७१ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २६ ओभरमा आठ विकेट गुमाएर मात्र एक सय पाँच रन बनायो ।

आर्मीका लागि इमरान शेखले अर्धशतकीय पारी खेले । उनले ७० बलको सामना गर्दै एक छक्का र सात चौकाको मद्दतमा अविजित ६७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २५ बलमा एक छक्का र चार चौकाको सहायतामा ३४ रन बनाए । भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन र नर सार्कीले दुई दुई विकेट लिए ।

यसैगरी एक सय पाँच रन बनाउने क्रममा लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै मृणाल गुरुङले १८ र मोहम्मद हुसेनले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका कुशल मल्लले ६ ओभरमा दुई मेडन राखि ११ रन खर्चेर चार विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभरमा तीन मेडन राख्दै पाँच रन मात्र दिएर दुई विकेट लिए । साहब आलम र अभिनाश कर्णले एक एक विकेट लिए । आर्मीका इमरान शेख प्लेयर अफ दी म्याच घोषित भए । बिहीबार एपिएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

Facebook Comments