• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डिसिएल -२ को हस्पिटालिटि पाटनरको रुपमा भिंग्रेली भिलेज




दाङ। दाङ जिल्ला क्रिकेट संघले यहीँ फागुन २६ गते देखि दाङमा संचालन गर्न लागेको दाङ क्रीकेट लिग- २ को हस्पिटालिटि पाटनरको रुपमा भिंग्रेली भिलेज रिसोट हुने भएको छ। संघका अध्यक्ष प्रदिप मज्गैयाँ र रिसोटका संचालक निरन्जन राजभण्डारी बीच आज बुधबार सम्झौता-पत्र हस्तान्तरण गरेका हुन ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका बेला भिंग्रेली भिलेज रिसोटले प्रतियोगितालाइ सफल बनाउन सहयोग गर्न लागेको रिसोटका संचालक निरन्जन राज भण्डारीले जानकारी दिनु भयो ।

“जिल्लामा हुन लागेको यति ठुलो प्रतियोगिता लाई सबैले मिलेर सफल वनआउनु दाङवासीको दायित्व भएकोले सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगिता लाई सहयोग गर्न लागेको हो’ । भिंग्रेली भिलेज रिसोटले प्रतियोगिताको हस्पिटालिटि पाटनरको रुपमा रहेर प्रतियोगिता लाई करिब २ लाख बराबरको होटेलको सेवा प्रदान गर्ने सम्झौता भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनु भयो । डिसिएलको पहिलो सिजनमा पनि हस्पिटालिटि पाटनरको रुपमा भिंग्रेली भिलेज रिसोट रहेको थियो ।

लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी,बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश-दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । लिगमा घोराही टाइगर्स, दंगाली लाइन, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा टिमहरु सहभागी हुनेछन् ।

Facebook Comments