• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ चेम्बर अफ घोराहीको दाङ एक्सपो माघ २३ गतेदेखि




घोराही । चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गतेदेखि सुरु हुने भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले चेम्बरको निर्धारित मितिमा तोकिएको एक्सपोको कार्यक्रम सरेको र आउने माघ २३ गतेदेखि गर्ने गरि समझदारी बनेको बताए ।

दाङ जिल्ला उद्याेग बाणिज्य संघ र मातहतका बस्तुगत समितीले जिल्ला प्रशासन कार्यालयमा हालेको उजुरीमाथी जिल्लाका सरोकारवाला पक्षबिचको छलफल गर्नेक्रममा एक अर्काले लगाउने मेला, एक्सपोमा सबैले सहयोग गर्ने र सबैले स्टल राख्दिने सहमती भएको प्रजिअ सुबेदिले बताए । प्रजिअ सुबेदिले यो समझदारी बन्नु राम्रो पक्ष भएको बताए ।

चेम्बरका निबर्तमान अध्यक्ष बलदेब योगिले मेला माघ २३ गतेदेखि हुने र सबैले सहयोग गर्ने बाताबरण बनेको बताए । यता, चेम्बरका जिल्ला अध्यक्ष बिकास अग्रवालले मेला सरेको बारे चेम्बरले कुनै बिज्ञप्ति जारी नगरेको बताए ।

चेम्वरले माघ २५ गतेदेखि लगाउने भनेको एक्सपो माघ १२ गतेदेखि गर्ने भनेर मिति सार्बजनिक गरेको थियो ।

Facebook Comments