• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा युवाले चलाए स्थानीय सरकार




नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६-४० वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवाको रुपमा परिभाषित गरेको छ। पछिल्लो जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०.५६ प्रतिशत युवाहरुको जनसंख्या रहेको छ।

यसरी नेपालमा युवा नीति जारि पश्चात् सो ले अख्तियार गरेका नीति कार्यन्वयनका लागि नेपाल सरकार राष्ट्रिय युवा परिषद्ले युथ भिजन २०२५ जारि गरि कार्यन्वयनको अन्तिम चरणमा छ। जसले नेपालमा युवा विकासका लागि पाँच वटा आधारस्तम्भहरुमा आधारित रहेर गतिविधि सञ्चालन गर्दै आएको छ। जसमध्ये `युवा परिचालन, सहभागिता र परिचालन´ अन्तर्गत राष्ट्रिय युवा परिषद्ले देशैभरि एक वर्षमा एक जिल्ला, एक स्थानीय तह छनोट गरि कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्दै आएको छ।

यो वर्ष रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका युवा संसद अभ्यास कार्यक्रमका लागि छनोट भएको थियो । युवा संसद अभ्यास कार्यक्रम २०८०/१०/०५ देखि २०८०/१०/०८ सम्म सञ्चालन भएको थियो ।जसमा वडा तहका युवा क्लवका प्रतिनिधिहरुको वडाको सिफारिसमा सहभागिता रहेको थियो ।सो अभ्यास कार्यक्रममा युवाहरुले सुनछहरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष संवैधानिक तथा अन्य कानुनी प्रावधान बमोजिम निर्वाचित गरेका थिए । युवा जनप्रतिनिधि निर्वाचन गर्दा युवाहरुले निर्वाचनमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन, उमेदवारी उपर दावी विरोध, उम्मेदवारी फिर्ता एवम् निर्वाचन प्रचार प्रसार गरि निर्वाचन कानुन बमोजिम स्थानीय तहको नमुना निर्वाचन सम्पन्न गरेका थिए।

युवा संसद अभ्यास कार्यक्रममा युवा गाउँ सभा सदस्यहरुले स्थानीय सरकार सञ्चालनको नमुना अभ्यास मार्फत गाउँ सभामा गाउँ निर्माणको विषयमा गम्भिर विषयहरुका बारेमा युवा सदस्यहरुले
युवा सरकारको ध्यानाकर्षण गराएका थिए ।
युवा सभाले नमुना अध्यक्ष, उपाध्यक्ष तथा आवश्यक कार्यपालिकाका सदस्यहरुको निर्वाचन गरि गाउँ सभाको अभ्यास मार्फत नमुना स्थानीय कानुन निर्माण, नीति कार्यक्रम तथा बजेट सभामा प्रस्तुत, छलफल तथा परिमार्जन सहित पारित गरेका थिए ।

यसका अतिरिक्त युवा सरकारले संविधानको मर्म बमोजिम स्थानीय तहलाई हस्तान्तरित माध्यामिक तहसम्मको शिक्षाको अधिकारको विषयमा सुनछहरीले प्रभावकारी रुपमा गुणस्तरीय र व्यावसायिक शिक्षा आम सुनछहरी बासी नागरिकहरुको पहुँचमा पु्र्याउनका लागि गाउँ शिक्षा ऐन पनि जारी गरेका थिए ।

युवा संसद अभ्यासले युवाहरुलाई देशको शासकीय स्वारुप बमोजिम स्थानीय सरकार सञ्चालनको अभ्यासमा टेवा पुर्याउनुका साथै उनिहरुको क्षमता विकासमा महत्वपुर्ण टेवा पुग्दछ। युथ भिजन २०२५ बमोजिम सञ्चालित अभ्यास मार्फत युवाहरुले संघ, प्रदेश र स्थानीय तहको विधायक र कार्यपालिकाकीय व्यवस्थाको व्यवहारिक नमुना अभ्यास गर्ने गर्छन्।

युवा संसद समापन कार्यक्रममा सुनछहरी गाउँपालिका अध्यक्ष धन वहादुर पुनले युवाले यसरी नमुना रुपमा स्थानीय तह वास्तविक सभा भन्दा सभ्य रुपमा सञ्चालन गरेकोमा खुसि व्यक्त गरेका थिए।सो अवसरमा अध्युयक्ष पुनले अबको सुनछहरीले पालिका हाँक्ने कुशल नेतृत्व पाईसकेको बताएका थिए ।चार दिन सम्म सञ्चालन भएको अभ्यास सत्रमा सुनछहरी गाउँपालिकाका जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा अन्य सरोकालवालाको उपस्थिति रहेको थियो। यस अवसरमा युवाहरुले युवा सरकार सञ्चालनको अतिरिक्त युवा मैत्री नीति, योजना र कार्यक्रम निर्माणका लागि आवश्यक गतिविधिहरुमा समेत सामेल भएका थिए ।

जसको सहजीकरण राष्ट्रिय युवा परिषद्का केन्द्रिय प्रशिक्षक युवराज खड्का र लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सरोज खनालले गरेका थिए ।

Facebook Comments