दाङ । नेकपा माओवादी केन्द्र घोराही उप-महानगर पालिका ६ नम्बर वडा कमिटीका सदस्य गिरा रिजालकी ससुरा बुवा एवम् पार्टीका सकृय सदस्य कम्रेड पदम रिजालका बुवा रिखीराम रिजालको तेह्रौ दिनको पुण्यतिथिमा वडा पार्टीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य र माओवादी केन्द्रका नेता भेषराज शर्मा खनालले श्रद्धाञ्जली मन्तब्य राख्नुभएको थियो । नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य एबम् ६ नम्बर वडा इन्चार्ज बसन्त चौधरीको अध्यक्षता र पार्टीका वडा अध्यक्ष खलुप्रसाद पुनमगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा घोराही उपमहानगर पार्टीका उपाध्यक्ष खिमबहादुर चौधरी अटल, जिल्ला सल्लाहकार झपेन्द्रसिंह चित्रकार, नगर सदस्यहरु चन्द्रबहादुर पुन, भरत पौडेल, सिस्ने मुहान टोल बिकास सस्थाका अध्यक्ष एबम् पार्टीका वडा सचिव सिताराम रोका र वडा कमिटीका कोषाध्यक्ष नारायण डाँगी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

