तुलसीपुर । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एबम् नेपाल मगर संघ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आफ्नी आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुभएको छ ।
बुढाले भवन निर्माण गर्न नेकपा माओवादी केन्द्र तुलसीपुर ५ नम्बर वडा कमिटीललाई पचास हजार र नेपाल मगर संघ तुलसीपुर नगर समितिलाइ पचास हजार आर्थिक सहयोग गर्नुभएको हो ।
जनयुद्धको क्रममा क्रान्ति आमा पार्वतीका छोरा समर, छोरी सपना र ज्वाइँ विजोग सहिद हुनुभेको थियो । बुढा परिवार रुकुमपश्चिम् चौरजहारीबाट तुलसीपुरमा बसाइँसराइ गरि आएको हो ।
क्रान्ति आमा पार्वती बुढा मगरको स्मृतिमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा छोरा धनबहादुरले सहयोग हस्तान्तरण गर्नुभएको हो ।। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु दामा शर्मा, ओमप्रकाश पुन र भीमकुमारी बुढा मगर, केन्द्रिय सल्लाहकार शेषुराम भण्डारी, प्रदेश सदस्यहरु पुनम सेर्पाइली र प्रेम वली, नेपाल मगर संघ जिल्ला सल्लाहकार टोपबहादुर घर्ती र मगर नेपाल मगर संघ तुलसीपुर नगर अध्यक्षले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र तुलसीपुर नगर सदस्य एबम् ५ नम्बर वडा इन्चार्ज मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका वडा अध्यक्ष बेदप्रसाद वलीले गर्नु भएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
