• ३० चैत्र २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`गुणस्तरीय शिक्षण सिकाइको लागि सूचना प्रविधिको प्रयोग अनिवार्य´ : डा. गिरी




दाङ । राप्ती इञ्जिनियरिङ कजेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले गुणस्तरीय शिक्षण सिकाइको लागि सूचना प्रविधिको प्रयोगले मात्र सम्भव हुने बताउनुभयो ।

शैक्षिक सत्र २०८० /०८१ मा पोखरा विश्वविद्यालय अन्तर्गत बिई कम्प्युटर र सिभिल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुको लागि अभिमुखिकरण कार्यक्रम बोल्दै डा.गिरीले परम्परागत शास्त्रीय शैलीले शिक्षण गर्दा विद्यार्थीहरुले नयाँ-नयाँ ज्ञान प्राप्त गर्न नसक्ने र परम्परावादी शास्त्रीय शैलीको शिक्षण सिकाइलाई मौलिक विधिमा बदल्न पर्ने बताउनुभयो । अनुसन्धानमा आधारित शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीलाई सवल र सक्षम बन्न सहयोग पुयाउने धारणा राख्नुभयो ।

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक डा.गिरीले लुम्बिनी प्रदेशको राजधानी दाङलाई इञ्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

२०६५ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट डिप्लोमा इन कम्प्युटर कार्यक्रमबाट शैक्षिक यात्रा शुरु गरेको कलेजले पोखरा विश्वविद्यालयबाट बिई कम्प्युटर नयाँ कार्यक्रम थप गरेर इञ्जिनियरिङ क्षेत्रमा फड्को मारेको बताउनुभयो । विद्यार्थीहरुको कम्प्युट र इञ्जिनियरि हुने चाहनालाई कलेजले पुरा गरेको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा सिभिल विभागका विभागिय प्रमुख ई. बावुराम जोशीले पोखरा विश्वविद्यालयको परीक्षा प्रणालीको बारेमा आफनो पेपर प्रस्तुत गर्नुभएको थियो भने कलेजका प्राध्यापक ई.प्रज्जवल आचार्य इञ्जिनियरिङ शिक्षा र वर्तमान अवस्थाका बारेमा आफनो प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा योगगुरु रविन्द्र बस्नेतले मोटिभेसन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कलेजका विभागिय प्रमुख ई.बावुराम जोशीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल रेशम गिरीले गर्नुभएको थियो भने सहजीकरण कलेजका प्रशासकिय प्रमुख धनेश्वर चौधरीले गर्नुभएको थियो ।

 

Facebook Comments