• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड शुरु




रुकुमपूर्व । जिल्लाकाे  पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा सो प्रतियोगिता  शनिबारदेखि शुरु भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा कार्यक्रम उद्घाटन भएको थियो ।  रनिङ शिल्ड उद्घाटन कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, रुकम पूर्वका प्रमुख जिल्ला  अधिकारी माधव प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यलय रुकुम पूर्व प्रहरी निरिक्षक गणेश पाण्डे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष नावेन्द्र सुनार, पार्टी प्रतिनिधि, संघ संस्था प्रतिनिधि लगायतको अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन भएको हो ।

पाँचौ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रममालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य दिलकुमारी बुढाले अहिलेको अवस्थामा यस्ता खालका कार्यक्रममा किशोरी सहभागी हुने सहज बाताबरण बनेको बताउनुभयो । विगत समयमा किशोरीहरु पढ्न पनि नपाउने पढ्ने बाताबरण बनेपनि खेल क्षेत्रमा निषेधित जस्तै रहेको संसद बुढाले बताउनु भयो । संसद बुढाका अनुसार महान १० वर्षे जनयुद्धले महिला,दलित, जनजाति लगायतका पिछडिएका समुदायलाई उन्मुक्ति मिलेको छ । बुढाले  उद्घाटन  सम्बोधन गर्दै प्रदेशले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेता पनि समन्वय सहकार्य नहुदा उपलब्धि नभएकोले आगामी दिनमा समन्वय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । रनिङ शिल्डलाई मर्यादित र अनुशासित ढङ्गले सम्पन्न गर्नु शुभकामना समेत दिनु भयो ।

यसै गरि रुकुम पूर्व जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले रनिङ शिल्ड मर्यादित ढङ्गले सम्पन्न गर्ने निर्देशन दिनु भयो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जि.स.स प्रमुखले  सम्पुर्ण विधाका खेलहरु मापदण्ड अनुसार निष्पक्ष ढङ्गले सम्पन्न गर्न निर्देशन दिनु भयो । प्रमुख श्रेष्ठका अनुसार सम्पूर्ण विद्यार्थीले पालिका हुँदै जिल्ला, प्रदेश र राष्ट्रको पहिचान दिलाउन अनुशासित ढङ्गले खेल खेल्नु पर्ने छ ।

यस्तै प्रमुख जिल्ला अधिकारीले सम्पन्न विद्यालय विद्यार्थीले शान्ति सुरक्षालाई ख्याल गर्दै सभ्य र अनुशासन पालना गर्नुपर्ने बताउनु भएकाे छ । स्वागत मन्त्व्य गाउँ पालिका प्रवबक्ता ५वडा अध्यक्ष टिकासाई घर्तीकाे रहेकाे थियाे।

जिल्ला खेल्कुद समितिका अध्यक्ष नाबेन्द्र सुनारले भन्नूभयाे  निर्णायकमा संक्का उपसंक्का गर्ने बानी, रुकुम पूर्वमा पनि लुम्बिनी प्रदेशमै स्थान हासिल गर्न सक्ने खेलाडी जन्माउने अपेक्षा रहेकाे उहाकाे भनाइ रहेकाे छ।

गाउँपालिका भित्र रहेका  ८ वटा मावि विद्यालयहरु सहभागी भएकाछन । पाचौं राष्ट्रपटि रनिङ  शिल्डमा छात्रछात्रा भलिबल, एथ्लेटिक्स, डौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले बताउनुभएकाे छ। उक्त पाचौं राष्ट्रपटि रनिङ प्रर्तियाेगिता कार्यक्रम सन्चालन महेन्द्र मा वि तकका शिक्षक नबराज बिकले गर्नु भएको थियाे।

Facebook Comments