• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीले गर्‍यो प्यूठान अस्पतालमा सरसफाइ




केशर सुनार
माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्यूठानको परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका झार एवं बुट्यानहरुको फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्राहरुको व्यवस्थापन गरेको हो ।

सरसफाई मानिसको लागि आधारभूत पाटो रहेको र जिल्ला अस्पताल सरसफाईमा सबैको ध्यानाकर्षण भई यस कार्यलाई प्राथमिकतामा राखेको अखिल क्रान्तिकारीका प्युठान अध्यक्ष प्रेमबहादुर विश्वकर्माले हामिलाई बताए। साथै अरुले समेत सिको गर्नको लागि सन्देशमुलक हुने भन्दै सरसफाई कार्यलाई अघि बढाईएको नेकपा (माओवादी केन्द्र)प्युठानका पार्टी संयोजक नमराज अधिकारीले बताए ।
कार्यक्रममा पार्टी पदाधिकारी,विद्यार्थी नेताहरु,अस्पतालका स्वास्थ्यकर्मिहरु लगायत संचारकर्मिहरुको उपस्थिति रहेको अध्यक्ष विश्वकर्माले बताए।

सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले अक्सिजन सिलिन्डरको लागि ट्रली आवश्यक पर्ने भएकाले पहल गरिदिन आग्रह गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले त्यसका लागि छिट्टै पहलका कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Facebook Comments