• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेको गाबाङमा विविध खेलकुद प्रतियोगिता शुरु




रुकुमपूर्व । जिल्लाको भूमे गाउँपलिका – २ गाबाङमा विविध खेलकुद प्रतियोगिता शुरु भएको छ ।  सल्लेरी जन विकास युवा क्लबको आयोजनामा शुक्रबारदेखि सो प्रतियोगिता शुरु भएको हो ।

जिल्ला समन्वय  प्रमुख मेघ बहादुर श्रेष्ठ र  गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले एकै साथ  व्यानर पढेर विविध खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हो ।

क्लबकाे कार्यक्रम उद्घाटन  समारोह  साथै भूमे गाउँपालिकाको रिङरोड अन्तर्गत झुम्लाबाङ- क्याङ्सी- गाबाङ- त्रिवेणी सडक खण्ड र २ न. वडाको गाबाङ टोलमा विध्यालय, खानेपानी , सिंचाई क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार दिगाे विकास अबस्थाबारे समन्वय  प्रमुख मेघ बहादुर श्रेष्ठ ,भूमे गाउँपालिका अध्यक्ष – होम प्रकाश श्रेष्ठ,भूमे गाउॅपालिका प्रवक्ता तथा  २ नं. वडा अध्यक्ष  नारायण पुन लगायत सन्चार्क्रिमहरुकाे  टिम सर्बे तथा अध्ययन गरिएकाे छ।

यस्तै क्लबकाे उद्घाटन समारोह  कार्यक्रममा बाेल्दै जिसस प्रमुख मेघ बहादुर श्रेष्ठले पुराना संस्कार संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धनका लागि जनप्रतिनिधिहरुकाे   ध्यान दिन केन्द्रित रहनु पर्ने  बताउनुभएको छ।श्रेष्ठले कुनैपनि कुराहरूको सहजीकरण गरि पहल कदिमलाई अहम भुमिका खेल्ने र हुदै गरेको  विकास निर्माणकाे कामहरुलाई  आफ्नो तर्फबाट अगाडि बढाउने  बताउनुभएको छ ।

सल्लेरी जनविकास युवा क्लबलाई सफलताको  शुभकामना दिँदै  भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले यस क्लबले  खेलप्रति  मात्र नभएर  शिक्षा क्षेत्रमा पनि योगदान पुर्याएकोले अझै थप प्रगतिकाे कामना गर्नु भएको छ। उहाँल आफ्नो ५बर्षे कार्यकालभित्र  शिक्षा स्वास्थ, सडक  खानेपानीलाई  विशेष ध्यान दिने  गाबाङ टाेलकाे लागि  पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष नारायण पुनले भूमेका कला संस्कृतिहरुलाई संरक्षणर जगेर्ना गर्ने र  क्लबहरुलाई वैधानिक रुपमा दर्ता प्रक्रियाको साथ अगाडि बढाउदै लैजानुपर्ने बताउनुभएको छ।उहाँले भन्नुभयाे क्लबहरु अगाडि  बढे युवाहरुकाे मागलाई  सम्बोधन गरी बजेतकाे ब्यबस्थापन गर्ने जाेड दिनुभएको  छ ।

अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्व जिल्ला संयोजक चन्द्र रसाइलीले स्थानीय सरकार आए देखि विकास गतिविधिमा फ्तकाे मारेर सडक  बाटो गाउँ गाउँमा  पुगेर सहज भएको  बताउनुभएको छ ।जनताका मागहरुकाे विषयहरुलाई ध्यानमा  राखि  अवस्था  अझै बदल्न जाेड दिनुभएकाे छ।

सल्लेरी युवा क्लबकाे अध्यक्ष दिलमान बुढाको अध्यक्षतामा सुरु भएकोभलिबल  प्रतियोगिता उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य हिमालय आधारभूत विद्यालय गाबाङका प्रधानाध्यापक तथा   क्लबका सल्लाहकार सदस्य  गोबर्धन बुढाको रहेको थियोे भने  कार्यक्रमको सञ्चालन युवा तथा समाजसेवी  जयमान बुढा मगरले गर्नुभएको थियो ।

Facebook Comments