• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशकै पहिलो प्याराग्लाइडिङ देवीकाेटबाट निरन्तर उडान चल्दै




तेज वीर बिसी

दाङ । लुम्बिनी प्रदेशकै पहिलाे उडान क्षेत्र दाङकाे राप्ती गाउँपालिका देवीकाेटबाट निरन्तर उडान माघी विशेष ३ दिनकाे विशेष उडान गरिएको छ । यहीँ अवसरमा लुम्बिनी प्रदेशकै  गाैरव पूर्ण रहेकाे प्याराग्लाइडिङ साहसिक खेल माघ ४ गतेबाट माघ ६गतेसम्म बुकिङ खुल्ला गरिएको थियाे ।

आजसम्म व्यवसायीक उडानकाे पहिलाे सुरुवात मै
रिडी राप्तीको व्यवस्थापन र बाबू एडभेञ्चर्सको उडानको संयुक्त पहलमा माघी पर्व २०८० लाई लक्षित गरि माघ ४,५ र ६ गतेसम्मको लागि प्रायोजन गरिएको थियो ।

सोही  अनुसार माघ ४ गते अर्थात् पहिलो दिन व्यवसायीक उडान शुरु भई १२:१४ बजे ६८ वर्षिय  रिडी राप्ती का शेयरधनी खुशलराम पुनबाट शु्रु भई संचालक वेद बहादुर थापा,संचालक झकेन्द्र घर्ती मगर,संचालक प्रमोद बुढा,हिरे रोका,गोर्खा स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजाल,कपिल न्यौपाने,धनिराम गुरुङ,पुर्ण बहादुर पुन,शेयरधनी लिला बहादुर पाटा मगर,शेयरधनी दिल बहादुर घर्ति,शेयरधनी चन्द्र बहादुर घर्ति मगर,देवीराम चर्ती मगर(charti),रिडि ग्रुपका शेयरधनी युवराज थापा मगर र संचालक हरि बहादुर घर्ति मगर सहित १५ जनाले उडान गरेका थिए ।

दोस्रो दिन अर्थात् माघ ०५ गते कुल बहादुर बुढा मगर,भिम बहादुर रोका मगर,संचालक मनिराज पुन,राहुल रोका,यज्ञ विश्वकर्मा,टंक बहादुर थापा मगर,शेयरधनी पूर्ण थापा,गोर्खा स्कुल घोराहीका प्रधानाध्यापक तथा शेयरधनि मान सिं घर्ति मगर,संचालक सम्झना घर्ति,रिडी ग्रुपका शेयरधनी राम रेखी घर्ति,जेविका रोका मगर,घना कुमारी पुन,थमी पुनसहित १३ जना गरी हाल सम्म ५ जना महिला र २३ जना पुरुष गरि २८ जनाले साहसिक खेलमा उडान गर्नु भई देउखुरी उपत्यकाको मनमोहक दृश्य अवलोकन गरी प्राकृतिक दृश्यावलोकन गरि सक्नु भएको छ ।

आज शनिबार अन्तिम दिन  रहेकाे  संचालक समितिले जानकारी  गराएकाे छ र बाँकी अरु थप खेल खेल्न थप भए निरन्तर उडान गर्ने समेत संचालकबाट जानकारी  प्राप्त भएकाे छ ।

Facebook Comments