• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीलाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास




लमही । दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को शुक्रवार एक समारोहको बीच चेम्बर अफ कमर्स दाङ जिल्लाका अध्यक्ष विकास अग्रवालले उद्घाटन गर्नुभयो । देउखुरीबासी समुदायको खानपान, पहिरन, भाषा, संस्कृति संरक्षणका लागि दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० आयोजना भएको हो । चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले संस्कृतिलाई रक्षा एवं जगेर्ना गर्ने दायित्व अब युवाहरुको काँधमा आएको चर्चा गर्नुभयो ।

महोत्सव उदघाटन गर्दै अग्रवालले आर्थिक समृद्धिका लागि लगानी गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सरकारले मात्रै समृद्धिका लागि काम गरेर देश समृद्ध नबन्ने बताउँदै अग्रवालले नीजि क्षेत्रले लगानी गरेर उद्योग, कलकारखाना खोल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले महोत्सव मनोरन्जनका रुपमा मात्रै आयोजना नगरि देउखुरी क्षेत्रको फाईदाका लागि आयोजना हुनुपर्नेेमा जोड दिनुभयो । उहाँले देउखुरी पर्यटकको राम्रो संभवना बोकेको भन्दै देउखुरीलाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै महोत्सवले देउखुरीको पहिचान विश्वभर पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवले यहाँका कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरिएको छ । कला संस्कृतिको संरक्षणको लागि तीनै तहका सरकारको समन्वय हुन आवश्यक रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । उहाँले देउखुरी भित्रका कला सस्कृतिको संरक्षणको लागि स्थानिय तहले छुट्टै समिति बनाउने आवश्यक रहेको बताउनुभयो । यस्तै उपाध्यक्ष रवि श्रेष्ठले मेला महोत्सवले भाईचाराका सम्वन्ध कायम गर्ने बताउनुभएको छ । उहाँले सवैले राजनीतिक आस्था विचार माथि उठेर विकास निर्माणमा सहकार्य अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

चेम्बर अफ कमर्स लमहीका अध्यक्ष सितल भुषालको अध्यक्षता एवम् चेम्बर अफ कमर्स दाङ जिल्ला अध्यक्ष विकास अग्रवालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेश उपाध्यक्ष केपि घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नगर अध्यक्ष शोभाराम घिमिरे, एकीकृत समाजवादी लमहीका इञ्चार्ज बिरबहादुर केसी, नेकपा एमालेबाट डण्डिराम चौधरी, नेकपा (माओवादी केन्द्र) बाट डिलकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति शिवलाल बञ्जाडे, राष्ट्रिय जनमोर्चाबाट हरि थापा, नागरिक उन्मुक्ति पार्टीबाट रूपलाल चौधरी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज अधिकारी, महिला मानव अधिकार रक्षासंघ देउखुरीका उपाध्यक्ष चुमा आचार्य, नागरिक समाज दाङका उपाध्यक्ष निमबहादुर थापा, होटल व्यवसायी देउखुरीका अध्यक्ष नारायण भुषाल, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरी लगायतले बोल्नु भएको थियो ।

लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शसिराम नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लिला शाह र केशवराज अधिकारीले संयुक्तरूपमा गर्नुभएको थियोे । लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवद्धा गर्ने मुख्य उद्देश्यले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० शुक्रवार माघ ५ गतेदेखि माघ १७ गतेसम्म संचालन हुनेछ । दिगो विकाससँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वर्षौ देखि लमहीमा महोत्सव हुँदै आएको छ । दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिनपार्क लमहीमा संचालित हुदैछ । महोत्सवमा देउखुरीसहित विभिन्न चारवटा स्थानिय तहका कृषि तथा पर्यटकीय सामाग्री रहेको छ ।

उक्त सामाग्री ल्याएर जैविक विविधता ग्रिनपार्क सहित देउखुरी क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रको विकासका सम्भावना र चुनौतीबारे अन्तरक्रिया समेत गराइने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय थारु, ब्राम्हण, तामाङ, गुरुङ, सुनुवार, कुमाल सहितका जातीय समुदायको झाँकी र ख्यातिप्राप्त कलाकारको सांकृतिक प्रस्तुतिसमेत गरिएकोछ । उक्त महोत्सवमा फेस्टिभल मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा दुइसय सयभन्दा बढी स्टलहरु रहेका छन् । उहाँका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्वस अवधिभर करिब तीनलाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ । महोत्सवमा कृषि स्टललाई विशेष प्राथमिकता दिइएको छ । जेष्ठ नागरिकको कार्ड भए निशुल्क, विद्यार्थीको हकमा ८० रूपैयाँ, प्रवेश शुल्क एकसय रूपैयाँ कायम गरिएको छ ।

शनिबार लमही महोत्सवमा चर्चित लोक दोहरी गायीका भुमिका गिरी, चन्द्र शर्मा, लगायतका स्थानिय कलाकारहरुको आउने भएको कलाकार संयोजक शिवु खनालले जानकारी दिनुभयो।

Facebook Comments