• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु




दाङ । चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनामा चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि घोराहीमा सुरु भएको हो ।

चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेस्नल आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थसंगै सम्मान हुने गरेको बताए । आजको समयमा खेलको महत्त्व बढेको छ । शारीरिक तथा मानसिक स्वास्थसंगै सामाजिक मान सम्मानका लागि खेल कुद क्षेत्र राम्रो भएको बताए ।

राज्यले सहयोग गरेको छ । खेलकुद मन्त्रालयका तर्फबाट पहल गर्ने बताएका छन् ।

वडा अध्यक्ष रमेशकुमार पाण्डेले शैक्षिकसंगै खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताएका थिए ।

प्रतियोगिता माघको ५ र ६ गते घोराहीमा हुने भएको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन्। अध्यक्ष थापा अनुसार प्रतियोगितामा जिल्लाभरका २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा जिल्लाका आठ डोजाङका महिला पुरुष गरेर १ सय ५० बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् ।

दुई दिनसम्म चल्ने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत नारायणी सल्यानी स्मृति भवनमा हुने भएको छ । बिजेतालाई नगदसहित मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । दाङ जिल्ला आईटिएफ तेक्वादो संघले जिल्लामा प्रत्येक बर्ष विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको छ ।

कार्यक्रममा बयलडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाललगायतले बोलेका थिए ।

राष्ट्रिय खेलाडी लीलाधर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।

Facebook Comments