• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँ–गाउँमा विकास भएपछि जनता खुसी




दाङ । पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । जसलाई दाङको ‘कर्णाली’ भनेर चिनाईन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, नाली, खानेपानी, सिंचाई लगायतका कामहरु भइरहेका छन् । यसरी विकास निर्माणको काम अघि बढ्दा स्थानीय खुसी भएका छन् । “पश्चिम दाङमा विगतमा न्यून विकास हुन्थ्यो”, स्थानीय कृष्ण खड्काले भन्नुभयो“तर, यस बर्ष जताततै विकास निर्माणका कामहरु सुरु भइरहेका छन् ।”

विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमकालागि सिंचाई र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिंचाईकालागि १० लाख र खानेपानीकालागि २० लाख बजेट बिनियोजन गरेपछि त्यसको काम भइरहेको छ ।“हामीलाई खानेपानीको निकै समस्या छ, धेरै पटक माग ग¥यौं, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले भन्नुभयो“यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”

त्यस्तै नाली निर्माण भएको लामो समयसम्म पनि कालोपत्रे हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालापत्रेको काम अघि बढेको छ । प्रदेश सरकारको एक करोड ३० लाख बजेटमा सोही ठाउँमा काम भइरहेको छ । त्यस्तै बबई ५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिंचाई योजनाकालागि परेको १० लाख बजेटले पनि काम अघि बढेको छ ।

त्यस्तै आनन्द नगर टोलमा नाली निर्माण भएको छ, भन प्रगतिशिल आधारभूत विद्यालयको भवन निर्माणको काम भइरहेको छ । बबईको बिकट क्षेत्र वडा नं. १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणकालागि डीपीआर समेत भएको छ । सोही ठाउँमा डीपीआर भएसंगै पुल बन्ने जिला, सिमलकुनाका बासिन्दाको अपेक्षा छ । नाली निर्माण गरेपछि शान्तिनगर ५ बैशाका नागरिक पनि त्यतिकै खुसी छन् ।

स्थानीय क्रिमलाल चौधरीका अनुसार यस अघि सोही ठाउँमा नालीकालागि कुनै पहल नभएपनि अहिले सोही ठाउँमा नाली निर्माण भएपछि खुसी भएको प्रतिक्रिया दिनुभयो ।“हामीले पश्चिम क्षेत्रबाट पहिलो पटक मन्त्री पायौं”,उहाँले भन्नुभयो“जसले गर्दा भने अनुसारका योजना पाएका छौं ।”

बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको हो । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाएपछि पश्चिम क्षेत्रको विकासमा दत्तचित्त भएर लागेको बताउनुभएको छ ।“पश्चिम क्षेत्र अब कर्णाली रहदैन, विकट–विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”,उहाँले भन्नुभयो“सबै क्षेत्रमा बजेट हालेको छु ।”

 

Facebook Comments