• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने




दाङ । चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० हुने भएको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनामा चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिता यहि माघको ५ र ६ गते घोराहीमा हुन थालेको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभएको छ । अध्यक्ष थापा अनुसार प्रतियोगितामा जिल्लाभरका २० केजी तौल समूहदेखि ६५ केजी तौल समूहमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा जिल्लाका आठ डोजाङका महिला पुरुष गरेर १ सय ५० बढी खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन् ।
चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेस्नल आइटिएफ तेक्वान्दो प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्ने भएका छन् ।

दुई दिनसम्म चल्ने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत नारायण सल्यानी स्मृति भवनमा हुने भएको छ । बिजेतालाई नगदसहित मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । दाङ जिल्ला आईटिएफ तेक्वादो संघले जिल्लामा प्रत्येक बर्ष विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको छ ।

Facebook Comments