• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरसफाइ




दाङ । घोराही बनाऔं अभियानले बुधबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।

राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर मैदानमा उत्रिएका खेलाडीहरु फुटबल, तातो आलु, घैटा फोड र डोरी तान्ने प्रतियोगितामा सहभागि भएका थिए । सबै जसो राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, अग्रज सञ्चारकर्मी, पेशाकर्मीहरुबीच रोचक प्रतियोगिताहरु भएको थियो ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अध्यक्षत्तामा सम्पन्न प्रतियोगितामा राजनीतिक दल, जनप्रतिनिधिहरुको एउटा टिम र सञ्चारकर्मी, अधिकार र पेशाकर्मीहरुको अर्को टिम फुटबल प्रतियोगितामा भिडेको थियो । जसमा राजनीतिक दलको टिमले शून्यका बिरुद्ध एक गोल गरेर बिजयी भएको थियो । प्रतियोगितामा दुबै टिमले एकएक पेनाल्टी पाएको भएपनि सदुपयोग गर्न सकेका थिएनन् । दर्शकहरुको बाक्लो उपस्थिति रहेको र दुबै टिममा जिल्लामा चर्चित अनुहारहरु भएका कारण खेल रोचक बनेको थियो ।

प्रतियोगितामा नेकपा एमालेका केन्द्रीय सदस्य साजीदा सिद्दिकी, नेपाली कांग्रेसकी नेतृ सावित्रा राना, राप्रपाकी नेतृ सरिता देबकोटा, महिला नेतृ रवन्ता पुन, जनप्रतिनिधिहरु पवित्रा सेरपाइली, रचना कुमाल, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेल, अधिकारकर्मी सरस्वती सुवेदी, पशुपति चौधरी, शिक्षिका गोमा श्रेष्ठ, गीता आचार्य, भिमा डिसीलगायतका चर्चित अनुहारहरुको सहभागिता रहेको थियो । फुटवल प्रतियोगितामा रेवन्ता पुनले गोल गर्नुभएको थियो ।

यसैगरी तातो आलुमा लक्ष्मी चौधरी प्रथम, बसुन्धरा गौतम दोस्रो र पशुपति चौधरी तेस्रो हुनु भएको थियो । घैटा फोड तर्फ कृष्णा थापा प्रथम, पवित्रा नेपाली दोस्रो र सरस्वती सुवेदी तेस्रो हुनुभएको थियो । घैटा फोड र तातो आलुमा तीनदर्जन महिलाहरुको सहभागिता रहेको थियो । यसैगरी डोरी तान्ने प्रतियोगितामा दुबै टिम बराबर भएको थियो । डोरी तान्नेक्रममा दुईपटक सम्म डोरी चुडिएपछि प्रतियोगिता बराबर भएको घोषणा आयोजकले गरेको थियो । प्रतियोगिताको उद्घाटन रानीकेक काटेर घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन र ससाना बालिकाहरुले गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गर्नुभएको थियो ।
गोरखा अस्पतालद्वारा एम्बुलेन्ससहितको स्वास्थ्य सेवा प्रदान
यसैबीच मैत्रीपूर्ण खेलकुद प्रतियोगितालाई व्यस्थित बनाउने क्रममा घोराहीको गोरखा हस्पिटलले एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधीसहितको टोली नवलपुर खेलमैदानमा उतारेको थियो । गोरखा हस्पिटलका प्रवन्धक दिनेश आर्चार्यको नेतृत्वमा मैदानमा पुगेको टोलिले दिनभर बसेर खेलाडी र दर्शकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

मैदानमा सरसफाइ
यसैबीच नवलपुर खेलमैदान सरफाई गरिएको छ । घोराही बनाऔं अभियानको टोलीले मैदान वरपर रहेको फोहोरहरु संकलन गरेर सफा गरेको थियो । नवलपुर खेलमैदानमा हाल मेयरकप प्रतियोगिता जारी छ । माघीमा चारदिनसम्म खेल भएको थिएन । बिहीबारबाट पुनः मैदानमा लिगचरणको खेल हुने घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Facebook Comments