• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा राष्ट्रपति रनिङ शिल्ड माघ १७ गतेदेखि




मधुसुदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा यही माघ १७ गतेदेखि चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु हुने भएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन (सुवास)को अध्यक्षतामा मंगलबार बसेको बैठकले सिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।प्रतियोगिता बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजामा स्थित श्री महेन्द्र माध्यमिक विद्यालयय बोझपोखराको खेल मैदानमा हुने बताइएको छ ।

बंगलाचुली गाउँपालिकाको प्रायोजन तथा महेन्द्र माध्यमिक विद्यालय स्युजा बोचपोखराको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भलिबल, कबर्डि, ज्याबलिङ थ्रो, रिले दौड, छोटा तथा लामो दौडहरु, हाइजम्प, लङ्गजम्प लगायतका खेलहरु हुने आयोजक महेन्द्र माध्यमिक विद्यालय स्युजा बोचपोखराका प्रधानाध्यापक मोतिराम डाँगिले जानकारी दिनुभयो ।

बैठकले चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना सञ्चालन तथा समन्वय गर्न गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ । जसको सदस्यहरुमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष विष्णु कवर, शिक्षा साखा प्रमुख ओम प्रकाश केसि, प्रहरी प्रतिनिधि टेक बहादुर खड्का, जिल्ला खेलकुद विकास समितिका ध्रुब आचार्य, मिहला शिक्षक नारायणि पौडेल, तुल्सि वाग्ले, शिक्षक खगराज लम्साल, शिशर कार्कि, खेल प्रेमि निरन्जन घर्ति मगर , जिल्ला खेलकुद परिसदका भिम बहादुर डाँगि रहनुभएको छ ।

साथै प्रतियोगितालाइ भव्य र सव्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गर्ने जिम्मेवारी विद्यालयलाइ दिने निर्णय भएको छ ।

Facebook Comments