• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महतमा गाउँस्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता सुरु




रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिका- ६ महतमा तेस्रो गाउँस्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८० सुरु भएको छ । विजय दीप युवा क्लबको तेस्रो वार्षिकोत्सवको अवसरमा साेमबार महत रंगशालामा एक कार्यक्रमको आयोजना गरि सो प्रतियोगिता सुरु भएको हो ।

जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे  विजय दीप युवा क्लवकाे  तेस्रो  वार्षिकोत्सव उद्घाटन गर्नुभएको हाे।माघे संक्रातिकाे अवसर पारेर बिजय दिप युवा क्लबको प्रतियोगिताकाे आयोजना गरेको हो ।भलिबल फुटबल ब्याटमिन्टन  लगायत  क्लवको वार्षिकोत्सव महतकाे रंगशाला खेलमैदानमा आयोजना गरेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै जिसस प्रमुख श्रेष्ठले खेलकुद क्षेत्रबाट खेलाडीले देशलाई चिनाउनुकाे लागि क्लवको वार्षिकोत्सवमा विविध खेलकुद  लुकेर रहेका  प्रतिभा बाहिर आउने गरेको   बताउनुभयाे।

भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले वास्तवमा रंगशाला कस्तो हुन्छ भन्ने बनाउने भलिबल खेललाई अझै शुद्धीकरण  गर्दै लैजाने यश क्षेत्रका युवा युवतीलाई भाेलिकाे दिनहरुमा भलिबलबाट नै चिनाउन सकिन्छ जाेस गाजर हर्ष उलासका साथ  सफलताको शुभकामना दिनुभएको छ।

अखिल क्रान्तिकारीकाे रुकुम पूर्व जिल्ला संयाेजक चन्द्र रसाइलीले एैतिहासिक ठाउँलाई बृहत् रगंशालाले पुर्नता पाउन सकेकाे छैन।भलिबल प्रतियाेगिता हरेक बर्ष यस युवा क्वले सन्चालन हुदै गर्दा हुर्किदै गरेकाे विरुवालाई मलजल थप जागर उषा र हाैसला मिलेकाे उहाकाे भनाइ रहेकाे  छ।

विजय दिप युवा क्लवले वार्षिकोत्सवको अवसर पारी महिला ,पुरुष भलिबल, फुटबल , धनुषवाण, नृत्य, लोकदोहोरी, रस्साकसी पुरुष दबल ब्यादमिन्टन ,परुष पाँच हजार मिटर रनिङ  र महिला तीन हाजार मिटर  प्रतियोगिता आयोजना गरिएकाे आयाेजकले जानकारी दिएको छ ।

विजय दिप युवा क्लवका संयाेजक निस्मत शेर्पालीकाे अध्यक्षतामा भएको तेस्रो गाउँस्तरीय भलिबल प्रतियोगिता तथा विभिन्न विधाकाे खेलकुद २०८० कार्यक्रममा प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठको रहेकोमा विशेष अतिथिमा भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ गाउँपालिका उपाध्यक्ष सबिना बुढा भूमे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिक्रम पुन नि बर्तमान वडा अध्यक्ष देब बहादुर बुढा भूमे गाउँपालिका निमित्त प्रमुख प्रशासकीय  अधिकृत उपेन्द्र यादव  भूमे गाउँपालिका याेजना शाखाका प्रमुख प्रेम प्रसाद भट्टराई अखिल क्रान्तिकारीकाे रुकुम पूर्व जिल्ला संयाेजक चन्द्र रसाइली ,जिल्ला बाल सन्जाल अध्यक्ष अमर खत्री लगायत शिक्षक विद्यार्थी उपस्थिति रहेकाे कार्यक्रमकाे सन्चालन  चेतन बुढा मगरले गर्नु भएको थियाे।

Facebook Comments