• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा एक्सपोको तयारी तीब्र, उठेको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने




घोराही । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा माघ १२ गतेदखी २६ गतेसम्म आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० को तयारी तीव्र बनाएको छ ।

चेम्वरका जिल्ला अध्यक्ष विकास अग्रवालले अहिले स्टल वुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उनले महोत्सवको प्रमुख अतिथिको पनि केही दिनमा टुङ्गो लाग्ने बताए ।

महोत्सव सफल बनाउन सबैले सहयोग गर्दै आइरहेको बताउदै उनले स्टल सबै वनिसकेको र महोत्सवका अन्य प्राविधिक कामहरु अहिले जारी रहेको सुनाए । घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङवाट अनुमति लिई महोत्सवको तयारी ब्यापक बनाईएको हो ।

महोत्सवमा उठेको रकममध्ये सामाजिक काममा केही पैसा खर्चिने अध्यक्ष अग्रवालको भनाई छ । उनले संकलित हुने रकम मध्ये खेल अभियानलाई अघि बढाउन घोराहीको खेलकुद समितिलाई र असहाय, अशक्तको सहाराको केन्द्र बनेको मानव सेवा आश्रमलाई पनि केही रकम सहयोग हुने जानकारी दिए ।

महोत्सवमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने छ । सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको छ ।

दाङ उवासंघका सह-कोषाध्यक्षका उम्मेद्वार यादव श्रेष्ठ चेम्वरको कार्य समिति सदस्यमा मनोनित

दाङ चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा एक जना ब्यवसायिलाई मनोनित गरिएको छ ।

चेम्वरका जिल्ला अध्यक्ष विकास अग्रवालले ब्यवसायी यादव श्रेष्ठलाई कार्य समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

श्रेष्ठ यसअघि दाङ जिल्ला उद्योग वाणिज्य संघको सह कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए ।

Facebook Comments