• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुरको एक गोदाममा लागेको आगो नियन्त्रणमा




तुलसीपुर ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

गएराती आगलागी भएको झन्डै एक घण्टा भन्दा धेरै समयपछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो । क्षेतिको पूर्ण विवरणसँगै आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments