• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रायमाझीका सारथी खड्का माओवादी केन्द्रमै फर्किए




तत्कालिन नेकपा विभाजन हुँदा टोपबहादुर रायमाझीसँगै एमालेमा रहेका चन्द्रबहादुर खड्का पुनः माओवादी केन्द्रमै फर्कनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्कालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

एमालेमा पूर्व केन्द्रीय सदस्य र जिल्ला इन्चार्जसमेत रहिसकेका खड्का माओवादी केन्द्रमै फर्कनुभएको हो । खड्का एमालेका निलम्बित केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीका विश्वासपत्रको रुपमा चिनिनुुहुन्थ्यो । रायमाझीको राजनीतिक भविष्यमा कालोबादल लागेसँगै रायमाझीका सारथी खड्का पुरानै पार्टीमा फर्कनुभएको हो ।

खड्का राष्टिय सभा सदस्य पनि हुनुुहुन्छ । उहाँ माओवादीका जनयुद्धकालीन नेता हुनुहुन्थ्यो ।

Facebook Comments