दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका माैलिक चाडपर्वले एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएकाे छ ।
मकर सक्रान्ति एवं माघी पर्वकाे अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री खनालले आ आफ्नै सांस्कृतिक महत्व बाेकेका चाडपर्वले नेपालकाे विविधतामा सांस्कृतिक एकता कायम गरेकाे बताउनु भएकाे छ ।
“यस माघि पर्वबाट मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपाली बीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् प्रादेशिक एवं राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने हार्दिक शुभ कामना गर्दछु ।” मन्त्री खनालले आफ्नाे शुभकामना सन्देशमा भन्नू भएकाे छ ।
थारू समुदायले नयाँ वर्ष र सबै भन्दा ठूलाे पर्वकाे रूपमा मनाउदै आएकाे, मगर, गुरूङ्ग, ब्राहमण, क्षेत्री लगायतका समुदायमा पनि यस पर्वकाे छुट्टै महत्व रहेकाे उल्लेख गर्दै नेपाली काग्रेस लुम्बिनी प्रदेशका उप सभापती समेत रहेका स्वास्थ्य मन्त्री खनालले नेपाली समावमा माघी पर्वकाे छुट्टै माैलिक पहिचान रहेकाे बताउनु भएकाे छ ।
मन्त्री खनालले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा सम्पुर्ण लुम्बिनी प्रदेशवासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना ब्यक्त गर्नु भएकाे छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

